८ अर्ब चुक्ता पुंजी पुग्ने गरी सेन्चुरी कमर्शियल बैंकले गर्यो लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 01, 2018 | 09:15:12 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज बिहिबार बसेको संचालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हकप्रद बिक्रि गरेपछि र सेती फाइनान्स तथा अल्पाइन डेभलपमेन्ट गाभेपछि हाल बैंकको चुक्ता पुंजी ७ अर्ब ६७ करोड रहेको छ । ५ प्रतिशतका दरले हुन् आउने ३८ करोड ३९ लाख बराबरको बोनस वितरणपछि बैंकको चुक्ता पुंजी ८ अर्ब ६ करोड पुग्ने छ ।

बैंकले ५ प्रतिशतले हुन् आउने ३८ करोड ३९ लाख बराबरको नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा बैंकले  ३२ करोड ५१ लाख खुद मुनाफा गरेको छ। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved