प्रिमियर इन्स्योरेन्सको एफपीओमा १ लाख ८९ हजार आवेदक मध्ये यी हुन ११ कित्ता पाउने ५ भाग्यमानी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 01, 2018 | 10:41:29 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले निष्काशन गरेको फर्दर पब्लिक अफरिङको नतिजा सार्वजनिक भएको छ। सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले लिमिटेडले प्रिमियर इन्स्योरेन्सको मुख्य कार्यालय नक्सालमा एफपिओ बांडफांड गरेको हो   ।

एफपिओमा कुल १ लाख ८९ हजार ३ सय २१ आवेदन परेकोमा २ हजार ८ सय ४६ आवेदन रद्द भएका थिए  । १ लाख ८६ हजार हजार ४ सय ७५ योग्य आवेदक मध्ये गोलाप्रथाबाट ६५ हजार ९ सय ५१ जनाले समान १० कित्ता र ५ जनाले ११ कित्ता शेयर पाएका छन।

कुल १ लाख ८९ हजार ३ सय २१ आवेदक मध्ये प्रिमियर इन्स्योरेन्सको ११ कित्ता सेयर पाउने ५ भाग्यमानीमा अच्युत पर्साद सुबेदी, आशिस राना, दिबस श्रेष्ठ, शंकर श्रेष्ठ, आयुष ओम मानन्धर छन। 

तपाईले बिजपाटि डटकमको मेनुबारमा रहेको आइपीओ रिजल्ट ( ) मा क्लिक गरेर तनिजा हेर्न सक्नु हुनेछ ।  मेनुबारमा रहेको आइपीओ रिजल्टमा क्लिक गरेपछि तपाईले Check Your IPO Result  भन्ने देख्नुहुन्छ। त्यहाँ प्रिमियर कम्पनि भनेर छनौट गर्नुहोस। तपाईले आफ्नो नाम राखेर  नतिजा हेर्न सक्नुहुन्छ। 

प्रिमियर इन्स्योरेन्सले पुस १६ गतेदेखि पुस १९ गतेसम्म बिक्रि खुला गरेको ६ लाख ५९ हजार कित्ता एफपीओको लागि आवेदन खुला गरेको थियो । इन्स्योरेन्सले प्रति कित्ता एक सय रुपैयाँ अंकित मुल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता ७९९ का दरले ६ लाख ५९ हजार ५६५ कित्ता सेयर बिक्रि गरेको हो।

एफपीओ बिक्रि तथा वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी ५१ करोड ४४ लाख पुग्नेछ। हाल इन्स्योरेन्सको चुक्ता पुंजी ४४ करोड ८५ लाख छ। एफपीओ बिक्रि पश्चात कम्पनीको चुक्ता पुंजी ६ करोड ५९ लाखले बढ्नेछ भने उसको जगेडा कोषमा ४६ करोड १० लाख जम्मा हुनेछ। 

प्रिमियर इन्स्योरेन्सको पुस २४ गते बसेको संचालक समितिको बैठकले एफपिओले समेत पाउने गरी १३.५२ प्रतिशत बोनस प्रस्ताव गरेको छ। साथै बैठकले बोनस शेयरमा लाग्ने करको लागि ३६ लाख ५९ हजार ७ सय ४९ रुपियाँ नगद लाभांश समेत प्रस्ताव गरेको छ।

कम्पनीमा हाल कायम संस्थापक र साधारण शेयरको अनुपात ५१ः४९ कायम गर्न एफपीओ बिक्रि गरेको हो। प्रस्तवित १३.५२ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ५९ करोड पुग्ने छ ।  बीमा समितिले तोकेको १ अर्ब पुंजी  पुर्याउन कम्पनीले आगामी असार मसान्तसम्ममा थप ४२ करोड पूँजी जुटाउनुपर्नेछ ।     

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved