के तपाईले पोखरा फाइनान्सको हकप्रद भर्नुभयो ? यस्तो छ सेयरधनीहरुलाई फाइनान्सको सूचना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 02, 2018 | 08:19:04 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा फाइनान्सले हकप्रद हकप्रद बिक्रि गरिरहेको छ। फाइनान्सले १०० बराबर १५ कित्ता अर्थात १५ प्रतिशतका दरले पुष ३० देखि फागुन ६ सम्मका लागि हकप्रद बिक्रि खुला गरेको हो। 

हकप्रदका लागि फाइनान्सले पुष १३ का लागि बुक क्लोज गरेकाले पुष १२ सम्म कायम सेयरधनीहरुले मात्र पोखरा फाइनान्सको हकप्रद भर्न पाउनेछन। 

फाइनान्सले १५ प्रतिशतले हुन आउने ९ करोड ८३ लाख रुपैयाँ बराबरको ९ लाख ८३ हजार ६८२.७४ कित्ता हकप्रद बिक्रि खुला गरेको हो। फाइनान्सको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल क्यापिटल रहेको छ। 

पुष १२ सम्म कायम इच्छुक सेयरधनीहरुले बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल लाजिम्पाट काठमाडौं र शाखा कार्यालय लगनखेल ललितपुर,पोखरा फाइनान्सको न्युरोड पोखरा तथा सम्पूर्ण शाखा कार्यालय र नेपाल इन्भेष्टमेन्ट बैंकका तोकिएका बिराटनगर, सुर्खेत, बिरगंज, नेपालगंज, नारायणगढ, बुटवल र धनगढी शाखाबाट आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्नेछन। 

साथै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट समेत पोखरा फाइनान्सको हकप्रदमा आबेदन भर्न सकिनेछ। 

१५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ७५ करोड ४० लाख पुग्नेछ। फाइनान्सले २१ करोड ६४ लाख रुपैयाँ बराबरको एफपीओ बिक्रि पश्चात चुक्ता पुंजी ५५ करोडबाट ६५ करोड ५७ लाख पुर्याएको हो। 

राष्ट्रिय स्तरको फाइनान्सले ८० करोड चुक्ता पुंजी पुर्याउनुपर्ने भएकाले फाइनान्सले ५ करोड बराबरको पुंजी थप गर्नुपर्नेछ। फाइनान्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड ४८ लाख खुद मुनाफा आर्जन गरेको छ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved