बुटवल पावरको एफपीओ नियम बिपरित छ भन्नेलाई धितोपत्र बोर्डले दियो यस्तो जवाफ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 02, 2018 | 09:22:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनीको एफपीओ बारे आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ। एफपीओ निष्काशन नियम बिपरित र  भएको आरोप लागेपछि बोर्डले एक बिज्ञप्ती जारि गरेर नै आरोपको खण्डन गरेको हो। 

बुटवल पावर कम्पनीको एफपीओ निष्काशन नियम संगत नै रहेको बोर्डको भनाई छ।  बुटवल पावर कम्पनीले निजीकरण ऐन २०५० बमोजिम नेपाल सरकारले आफ्नो नाममा कायम रहेको कम्पनीको सेयरमध्ये चुक्ता पुंजीको ७५ प्रतिशत शेयर निजीकरणको  प्रक्रिया मार्फत संस्थागत लगानीकर्तालाई २०५९ माघ १५ मा बिक्रि हस्तान्तरण गरेको बोर्डको बिज्ञप्तीमा उल्लेख छ। 

त्यस्पस्चात सरकारले आफ्नो स्वामित्वको १२ प्रतिशत सेयर सर्वसाधारण तथा कर्मचारीलाई नागरिक लगानी कोषको निष्काशन तथा बिक्रि प्रबन्धकत्वमा केहि प्रिमियम थप गरि सार्वजनिक निष्काशन गरेको देखिएको बोर्डले जनाएको छ। 

उक्त सेयरहरु २०६१ पुष २८ मा नेप्सेमा सूचीकरण भई दोस्रो बजारमा कारोबार हुँदै आएको र सोहि बमोजिम बुटवल पावरको संचालक समितिमा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट १ जना संचालकको प्रतिनिधित्व समेत रहेको बोर्डको बिज्ञप्तीमा उल्लेख छ। यस प्रकारको सार्वजनिक निष्काशन मार्फत नेपाल टेलिकमले समेत सरकारको स्वामित्वमा रहेको सर्वसाधारणमा बिक्रि गरि धितोपत्र बजारमा सुचिकृत भएर दोस्रो बजारमा सेमत कारोबार भईरहेको बोर्डको दृष्टान्त छ। विभिन्न आधार प्रस्तुत गर्दै बोर्डले एफपीओ निष्काशन नियम संगत रहेको स्पष्ट पारेको छ।      

साथै एफपीओको मुल्य बढी भएको आरोपलाई समेत बोर्डले खण्डन गरेको छ। एफपीओ निष्काशन गर्नका बोर्डले तयार गरेको ४ मापदण्ड बुटवल पावरले पालना गरेको र सोहि मापदण्ड अनुसार नै मुल्य निर्धारण गरिएको बोर्डको बिज्ञप्तीमा उल्लेख छ। 

पछिलो लेखा परिक्षण भएको वित्तीय विवरण अनुसारको प्रति सेयर नेटवर्थको ४ गुणाले हुन आउने मुल्य र बोर्डमा निबेदन दिनु भन्दा ७ दिन अगाडीको १८० दिनसम्मको औशत मुल्य गणना गरि प्राप्त हुने कुल मुल्यको औशत मुल्यमा जुन कम हुन आउँछ सोहि रकमलाई एफपीओ निष्काशनको मुल्य कायम गरिएको बोर्डले स्पष्ट पारेको छ। 

बुटवल पावरको एफपीओमा आबेदन दिने म्याद थप गरिएको छ। लगानीकर्ताले माघ २१ गते आइतबारका दिन पनि बुटवल पावरको एफपीओमा आबेदन दिन सक्नेछन। यस अघि बुटवल पावरको एफपीओमा आबेदनको म्याद छिटोमा माघ १९ गते र ढिलोमा फागुन १५ तय गरिएको थियो।

कम्पनीले ४०१ रुपैयाँ  प्रिमियम थप गरि प्रति कित्ता ५०१ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशन बिक्रि खुला गरेको हो।कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

इच्छुकले न्युनतम १० कित्ता अर्थात ५ हजार १ सय रुपैयाँ बराबरको र अधिकतम २० हजार ४०० अर्थात १ करोड २ लाख २० हजार ४०० रुपैयाँको आबेदन दिन सक्नेछन।   

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी,लक्ष्मी क्यापिटल बानेश्वर, बुटवल पावर कम्पनी, वुद्ध नगरबाट आबेदन फारम प्राप्त गरि आबेदन दिन सक्नेछन। साथै आफ्नो खाता रहेको आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट समेत अनलाइन मार्फत आबेदन दिन सक्नेछन। 

एफपीओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २१ करोड नाघ्नेछ। हाल कम्पनीको चुक्ता पुंजी डेढ अर्ब रहेको छ। कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ७ करोड २२ लाख खुद मुनाफा गरेको छ।      

त्यस्तै कम्पनीले एफपीओ निष्काशनका लागि इक्रा नेपालबाट ग्रेड ३ पाएको छ। ग्रेड ३ पाउनुले एफपीओ बिक्रि खुला गरेको बुटवल पावरको   वित्तीय अवस्था औषत भएको देखाउंछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved