बुटवल पावरको एफपीओमा आबेदन हाल्ने अवधि थप, आजसम्म कति पर्यो आबेदन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 02, 2018 | 05:11:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावर कम्पनीको एफपीओमा आबेदन दिने म्याद थप गरिएको छ। छिटोमा माघ १९ गतेसम्म आबेदन दिन सकिने व्यवस्था गरिएकोमा  एफपीओको म्याद थप गरिएको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार इच्छुक लगानीकर्ताले माघ २१ गते आइतबारका दिन पनि बुटवल पावरको एफपीओमा आबेदन दिन सक्नेछन। यस अघि बुटवल पावरको एफपीओमा आबेदनको म्याद छिटोमा माघ १९ गते र ढिलोमा फागुन १५ तय गरिएको थियो। 

लगानीकर्तामा भ्रम सिर्जना हुने किसिममा प्रचार प्रसार ब्यापक बनेपछि कम आबेदन परेकाले क्यापिटलले एफपीओको आबेदन भर्ने म्याद थप गरेको हो। बुटवल पावरको एफपीओमा तीन दिनमा करीब ५५ करोड भन्दा बढीको आबेदन परेको छ। 

क्यापिटलले बिजपाटिलाई दिएको जानकारी अनुसार बुटवल पावरको एफपीओमा पहिलो दिन ८ हजार ३०० आवेदकबाट ११ करोड ७० करोड बराबरको आबेदन परेको छ भने दोस्रो दिन १५ हजार ८०० आवेदकबाट २० करोद्द २० लाख र तेस्रो दिन १८ हजार १०० आवेदकबाट २३ करोड ११ लाख बराबरको आबेदन परेको छ। 

इच्छुकले न्युनतम १० कित्ता अर्थात ५ हजार १ सय रुपैयाँ बराबरको र अधिकतम २० हजार ४०० अर्थात १ करोड २ लाख २० हजार ४०० रुपैयाँको आबेदन दिन सक्नेछन।   

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी,लक्ष्मी क्यापिटल बानेश्वर, बुटवल पावर कम्पनी, वुद्ध नगरबाट आबेदन फारम प्राप्त गरि आबेदन दिन सक्नेछन। साथै आफ्नो खाता रहेको आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट समेत अनलाइन मार्फत आबेदन दिन सक्नेछन। 

एफपीओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २१ करोड नाघ्नेछ। हाल कम्पनीको चुक्ता पुंजी डेढ अर्ब रहेको छ। कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ७ करोड २२ लाख खुद मुनाफा गरेको छ।      

त्यस्तै कम्पनीले एफपीओ निष्काशनका लागि इक्रा नेपालबाट ग्रेड ३ पाएको छ। ग्रेड ३ पाउनुले एफपीओ बिक्रि खुला गरेको बुटवल पावरको   वित्तीय अवस्था औषत भएको देखाउंछ। 

बुटवल पावरको एफपीओ नियम बिपरित छ भन्नेलाई धितोपत्र बोर्डले दियो यस्तो जवाफ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved