शिवम सिमेन्ट बन्दैछ आइपीओ जारि गर्ने पहिलो सिमेन्ट कम्पनी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 04, 2018 | 07:54:11 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेन्ट लिमिटेडले सर्वसाधारणमा साधारण सेयर जारि गर्ने बिशेष प्रस्ताव पारित गर्ने गरि आज विशेष साधारणसभा डाकेको छ। शिवम सिमेन्टले प्रिमियम मुल्यमा ५२ लाख ८० हजार कित्ता आइपीओ जारि गर्ने प्रस्ताब साधारणसभाबाट पारित गराउने जनाइएको छ। 

कम्पनीको माघ ३ मा बसेको संचालक समितिको बैठकले हालको जारि पुंजी ४ अर्ब ३० करोडलाई बढाएर बनाइने ४ अर्ब ३० करोड चुक्ता पुंजीबाट हुन आउने १२ प्रतिशतले हुन आउने सेयर प्रिमियम मुल्यमा जारि गर्ने निर्णय गरेको हो। 

१२ प्रतिशतले हुन आउने ५२ लाख ८० हजार कित्ता आइपीओ प्रिमियम मुल्यमा आयोजना प्रभावित स्थानीय बासिन्दा सहित सर्वसाधारणलाई जारि गरिने कम्पनीले जनाएको छ। कम्पनीको आज अर्थात माघ २१ गते हुने बिशेष साधारणसभाले सर्वसाधारणमा आइपिओं जारि गर्ने प्रस्ताब पारित गरेपश्चात आइपिओं निष्काशनको प्रक्रिया अगाडी बढ्नेछ।  

नेपाल धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रलाई पुंजीबजारमा भित्र्याउन १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्न पाउने व्यवस्था गरेको छ। बोर्डले उक्त निर्णय पश्चात शिवम सिमेन्ट,अर्घाखाँची सिमेन्ट लगायतका सिमेन्ट तथा अन्य कम्पनीले आइपीओ निष्काशनको प्रक्रिया अगाडी बढाएका छन।   

सर्वसाधारणमा आइपीओ निष्काशन गर्ने पहिलो सिमेन्ट कम्पनी बन्न लागको शिवम सिमेन्ट को उद्योग मकवानपुरको हेटौडामा रहेको छ। चीनको होङसी सिमेन्ट ग्रुपसंग साझेदारी रहेको यस उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने बताइएको छ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved