एभरेस्ट इन्स्योरेन्सले संस्थापक सेयर जारी पछि मात्रै सर्वसाधारण लगानीकर्तालाई हकप्रद बिक्रि गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 04, 2018 | 11:27:49 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेस्ट इन्स्योरेन्सले ५१ प्रतिशत संस्थापक शेयरधनी कायम गरेर मात्र हकप्रद बिक्रि गर्ने भएको छ । कम्पनीले बिमा समितिको निर्देशन अनुसार ५१ प्रतिशत संस्थापक शेयर कायम गरेर मात्र हकप्रद निष्काशन प्रक्रिया अगाडी बढाउने भएको हो  । कम्पनीको माघ १८ गतेको संचालक समितिको बैठकले हाल कायम रहेका कम्पनीका शेयरधनीहरुलाई थप ५१ प्रतिशत संस्थापक शेयर जारि हुने गरि हकप्रद शेयर जारि गर्ने निर्णय गरेको हो  ।

अब कम्पनीले ५१ प्रतिशत संस्थापक शेयर कायम गरेर मात्र संस्थापक र सर्वसाधारण लगानीकर्तालाई हकप्रद जारि गर्ने छ । तर गत बर्षको बार्षिक साधारणसभाले पारित गरेको ६ सय प्रतिशत भने आउने छैन । संचालक समितिको बैठकले  ५१ प्रतिशत संस्थापक शेयर कायम भएपछि आवश्यक मात्रामा हकप्रद जारि गर्ने भनेको छ   । अर्थात् त्यसपछि १ अर्ब चुक्ता पुंजी पुर्याउन जति हकप्रद आवश्यक पर्छ, त्यति नै जारि गर्ने भन्ने हो   ।

हाल कम्पनीको चुक्ता पुंजी १२ करोड १५ लाख रहेको छ । ५१ प्रतिशत संस्थापक सेयर हुने गरी थप हकप्रद जारी गरेपछि बिमा समितिले तोकेको १ अर्ब पुंजी पुर्याउन कम्पनीलाई ६ सय प्रतिशत हकप्रदको आवश्यक पर्दैन  । कम्पनीले यी सबै प्रस्ताव आगामी साधारणसभामा लैजाने भएको छ । साधारणसभाले पारित गरेपछि बाँकि प्रक्रिया अगाडी बढ्ने छ  । 

चालू आर्थिक बर्षको पहिलो त्रैमासमा कम्पनीले ४४ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७६ पैसा कायम गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved