४६ करोड कारोबार हुँदा यस्ता छन् सर्बाधिक कमाउने र गुमाउने ५ कम्पनी, १ अंकले घट्यो सूचक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 04, 2018 | 01:40:59 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार बजार परिसूचक नेप्से सामान्य घटेको छ  । आज नेप्से सूचक १.०१ अंकले घटेर १४१०.५१ को बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका १६३ कम्पनीका ११ लाख ४१ हजार १ सय ५ कित्ता शेयर खरिद बिक्रिबाट ४६ करोड ६४ लाख ९० हजार ७ सय ४८ रुइयाँको कारोबार भएको छ  ।

आज बैंकिंग, विकास बैंक र अन्य बाहेकका सबै समुहगत सूचक घटेका छन्  ।

आज नेपाल बैंकको सबै भन्दा धेरै ७ करोड १९ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा कुमारी बैंक, नबिल बैंक, सानिमा माइ हाइड्रो, सिद्दार्थ बैंक, बुटवल पावर कम्पनी लगायत रहेका छन्  ।

आज साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले सर्बाधिक ५.६६ प्रतिशत कमाएका छन्  । अन्य बढी कमाउनेमा समता माईक्रो फाइनान्स (४.९८ %), देव विकास बैंक (३.४३ %), ग्रिन डेभलपमेन्ट बैंक (३.३५ % ), कर्णाली डेभलपमेन्ट बैंक (३,१३ %) रहेका छन्  ।

आज जानकी फाइनान्सका लगानीकर्ताले सर्बाधिक ६.४८ प्रतिशत गुमाएका छन्। अन्य बढी गुमाउनेमा बुटवल पावर कम्पनी (५.०७ प्रतिशत), युनाईटेड फाइनान्स (४.१८ %), नेपाल इन्स्योरेन्स (३.९२ %) लगायत रहेका छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved