दोहोरो अंकले घटेको बजारमा यी हुन् सर्बाधिक कमाउने र गुमाउने ५ कम्पनी, सूचक १४ सयको बिन्दुमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 05, 2018 | 01:23:49 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १०.४६ अंकले घटेर १४००.०५ को बिन्दुमा रोकिएको छ। आज कारोबारमा आएका १५४ कम्पनीका ९ लाख १५ हजार ५ सय २३ कित्ता शेयर खरिद बिक्रिबाट ३० करोड ७८ लाख ३५ हजार ४ सय ५४ रुपियाँको कारोबार भएको छ । 

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । 

आज सानिमा माइ हाइड्रोको सर्बाधिक ३ करोड ३९ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक शेयर, नेपाल लाइफ इन्स्योरेन्स , एनएमबी बैंक लगायत रहेका छन् । 

आज नयाँ नेपाल लघुवित्तका लगानीकर्ताले सर्बाधिक ३.४१ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा लक्ष्मी भ्यालु फण्ड १ (२.९५ %), अरुण फाइनान्स (१.९४ %), मल्टिपर्पोज फाइनान्स (१.८१ %), सिद्दार्थ इक्विटी ओरियन्टेड स्किम (१.६६ %) रहेका छन् । 

आज गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले सर्बाधिक ५.७६ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा तिनाउ विकास बैंक (५.५० %), एभरेस्ट इन्स्योरेन्स (५.०२ %), किसान माइक्रोफाइनान्स (४.८९ %), सानिमा माइ हाइड्रो (३.८५ % ) लगायत रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved