हाम्रो विकास बैंकले गर्यो लाभांश घोषणा, हेर्नुस कतिदिने भयो बोनस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 06, 2018 | 09:28:52 AM मा प्रकाशित

laxmi  sunrise bank

हाम्रो विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको माघ २२ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट लगानीकर्तालाई ७.३० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । साथै सो बोनसमा लाग्ने कर प्रयोजनको लागि १७ लाख ५८ हजार १ सय ६२ रुपियाँ ४९  पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । 

बैठकले ७.३० प्रतिशतका दरले ३ करोड ३४ लाख बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बनले स्वीकृति दिएपछि र बनको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको ४८ करोड ५७ लाख ५० हजार रहेकोमा प्रस्तावित बोनस बितरण पछि कम्पनीको चुक्ता पुंजी ५१ करोड ९२ लाख पुग्ने छ ।

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved