समयमै अनलाइन प्रणाली ल्याउन लगानीकर्ता संघले सरोकारवालालाई सचेत गरायो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 06, 2018 | 01:01:36 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ता संघ नेपालले  समयमै अनलाइन प्रणाली ल्याउन सरोकारवालालाई सचेत गराएको छ । संघले  पूँजीबजारको विकास र विस्तारका सम्बन्धमा सरोकारवाला पक्षहरु सँग निरन्तर अन्तरक्रिया गर्ने उद्देश्य अनुरुप अनलाइन कारोबार र पूँजी बजारको समसामयिक विषयमा आज नेपाल स्टक एक्सचेन्ज र भेण्डर कम्पनी (वाइको) संग छुट्टाछुट्टै भेटघाट गरेको थियो । 

 संघले भेटघाट गरि समयमै अनलाइन प्रणाली ल्याउन र यस सम्बन्धमा भएका प्रगतिहरुको बारेमा जानकारी लिएको छ। साथै संघले समयमै सो सेवा ल्याउनु पर्ने विषयमा सरोकारवाला पक्षहरुलाई सचेत र सूसुचित गराउने कार्य गरेको संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले बिजपाटीलाई जानकारी दिएका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved