धितोपत्र बोर्डले चिर्यो सी आश्वाबारेको भ्रम, २ तरिकाबाट आवेदन दिन सकिनेबारे प्रष्ट हुन् आग्रह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 06, 2018 | 03:23:31 PM मा प्रकाशित

laxmi  sunrise bank

आश्वा प्रणालीलाई थप ब्यबस्थित, सर्वसुलभ र चुस्त बनाउन फागुन ११ गते  'सी आश्वा' प्रणालीलाई अनिवार्य गर्ने नेपाल धितोपत्र बोर्ड र सिडिएस एण्ड क्लियरिङ लिमिटेड तयारी छ । सी आश्वाको लागि लगानीकर्ताले आफुले शेयर भर्दा प्रयोग गर्ने खाता भएको बैंकमा गएर पहिलो एक पटक सी आस्वाको विबरण भरेर सी आश्वा रजिष्ट्रेशन नम्बर (सीआरएन) लिनु पर्ने हुन्छ । त्यस पछि अनलाइनबाट जुनसुकै स्थानबाट पनि सजिलै आवेदन दिन सकिन्छ  ।

तर सी आश्वा अनिवार्य भएपछि अनलाइनबाट मात्र शेयर भर्न मिल्ने भनी लगानीकर्तामा भर्म पर्न गएकोमा आफ्नो ध्यानाकर्षण भएको बोर्डले जनाएको छ  । 

के हो यथार्थ ? 

यस अघि आश्वा मार्फत शेयर भर्दा बैंक तथा वित्तीय संस्थाहरुले आ आफ्नो छुट्टाछुट्टै सफ्टवेयार प्रयोग गर्थे  । अब सी आश्वा लागु भएपछि सबै बैंक तथा वित्तीय संस्थाहरुले सीडीएससीले तयार पारेको एकिकृत सफ्टवेयर प्रयोग गर्ने छन्  । यस संगै सीआरएन लिएकाहरुले घर मै मेरो शेयर खाताबाट अनलाइन मार्फत शेयर भर्न सक्ने छन् । तर अनलाइन भर्न नसक्नेहरुका लागि वा नचाहने हरुका लागि बैंक मै गएर अहिलेको जस्तै गरी फारम दिएर शेयरमा आवेदन दिन सक्ने छन् । अर्थात् सी आश्वा भनेको अनलाइन मार्फत आवेदन दिनु पर्ने भन्ने होइन । आस्वामा जस्तै सीआस्वामा पनि सेयर माग गरिए बराबरको रकम बैंक खातामा रोक्का हुन्छ ।

सि—आस्वा प्रणाली मार्फत सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा सिआरएन नम्बर लिई अनलाईन तथा सी आस्वा फारम भर्ने दुई मध्ये एक प्रकृयाबाट आवेदन दिन सक्ने बारे प्रष्ट हुन धितोपत्र बोर्डले सबैलाई आग्रह गरेको छ ।

यो प्रणाली कार्यान्वयनमा आएसँगै अब घरमै बसेर आइपिओ, एफपिओ तथा हकप्रद शेयरमा आवेदन दिन सकिने  छ । यो प्रणालीले धितोपत्र बाँडफाँडको प्रक्रिया समेत छोटिने भएको छ । सिडिएसका प्रबक्ता सुरेश न्यौपानेका अनुसार यस प्रणाली पूर्ण रुपमा कार्यन्वयन भईसकेपछि धितोपत्रको सार्बजनिक निष्काशनको बन्द भएको भोली पटक नै धितोपत्र बाँडफाँड गर्न सकिन्छ । उनले भोलिपल्टै धितोपत्र बाँडफाँड गर्न सम्भव हुने भए पनि सिडिएसले कम्तिमा १ हप्ता भित्र  धितोपत्र बाँडफाँड गर्ने लक्ष्य लिएको बताए  ।

यो प्रणालीको प्रयोगले आवेदकको हितग्राही खाता आवेदन गर्नु पूर्व नै रुजु गरिने हुँदा कुनै पनि आवेदक हितग्राही खाता नमिलेको कारण बाँडफाँड प्रक्रियाबाट बञ्चित हुनु नपर्ने सिसडएसिले जनाएको छ । सि-आस्वामा एक पटक दर्ता भइसकेका लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट खरिद आवेदन दिन सक्नेछन । त्यस्तै बैंक तथा वित्तीय संस्थामा प्राप्त भएका आवेदन सम्बन्धि विवरण बिक्री प्रबन्धकलाई सफ्टवेयर मार्फत सोझै प्राप्त हुने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved