बैंक अफ काठमाडौँ सहित ६ कम्पनीका १ करोड ९७ लाख बढी कित्ता शेयर सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 06, 2018 | 03:33:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्जमा आज मंगलबार ६ कम्पनीका एक करोड ९७ लाख बढी कित्ता शेयर सुचिकृत भएका छन्  । आज  ६ कम्पनीको संस्थापक शेयर , बोनस शेयर र हकप्रद शेयर गरी कुल एक करोड ९७ लाख ५९ हजार ५०९ कित्ता सेयर सूचीकृत भएका हुन्  ।

शेयर सुचिकृत भएसंगै आगामी सातादेखि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  । 

हेर्नुस कसको कति शेयर सुचिकृत ? 

बैंक अफ काठमाडौँको ६१ लाख ५८  हजार ८७ कित्ता संस्थापक शेयर ।

सोल्टी होटेलको ८६ लाख ८८ हजार २ सय ४४ कित्ता बोनस शेयर।

आरएसडिसी लघुवित्तको २३ लाख कित्ता हकप्रद शेयर ।

छिमेक लघुवित्तको १६ लाख ५९ हजार २ सय ९३ कित्ता बोनस शेयर ।

आइसीएफसी फाइनान्सको ८ लाख ३ हजार ८ सय ८५ कित्ता बोनस शेयर 

स्वदेशी फाइनान्सको १ लाख ५० हजार कित्ता बोनस शेयर ।

कुल:  एक करोड ९७ लाख ५९ हजार ५०९ कित्ता सेयर।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved