सपोर्ट माइक्रो फाइनान्सको वित्तीय संस्थाको ६ लाख कित्ता शेयर सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 08, 2018 | 09:06:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा सपोर्ट माइक्रो फाइनान्सको वित्तीय संस्थाको ६ लाख कित्ता शेयर  सुचिकृत भएको छ  नेप्सेले चुक्ता मूल्य १०० कायम भएको ६ लाख कित्ता शेयर पुस १३ गतेको निर्णय अनुसार माघ २४ गते शेयर सम्झौता भई सुचिकृत भएको जनाएको छ

शेयर सुचिकृत भए संगै एकसातापछि लगानीकर्ताले ति शेयर खरिद बिक्रि गर्न सक्ने छन्

सूचीकरण पश्चातको आरटिएस सेवा एनआईबिएल क्यापिटलले दिने छ

    २०७१ कार्तिक २८ गते सुनसरीको ईटहरीमा स्थापना भएको सपोर्ट माईक्रो फाईनान्सको हाल अधिकृत पूँजी रु. १५ करोड रहेको छ। त्यस्तै जारी पूँजी रु. ६ करोड रहेकोमा संस्थापकबाट ४ करोड २० लाख चुक्ता भईसकेको छ भने सर्वसाधारणलाई रु. १ करोड ८० लाखको शेयर निष्काशन पश्चात चुक्ता पूँजी रु. ६ करोड पुगेको छ  । 

हाल वित्तीय संस्थाको १० जिल्ला कार्यक्षेत्र रहेको छ र हालसम्म १९ करोड भन्दा बढी कर्जा लगानी गरिसकेको छ । त्यसैगरी यस वित्तीय संस्थाले हालसम्म ३,८०० जना सदस्यहरुलाई लघुर्जाको सेवा प्रदान गर्दै आएको छ।       

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved