अनुमति पाउन बाँकि रहेको १६० प्रतिशत हकप्रदले समेत पाउनेगरी प्राइम लाइफले गर्यो लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 08, 2018 | 09:54:27 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २४ गते बुधबार बसेको संचालक समितिको बैठकले ३२.५ प्रतिशत बोनस र सो को लागि आवश्यक पर्ने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले असार मसान्त सम्म कायम चुक्ता पुंजी ६१ करोड २ लाखको ३२.५ प्रतिशतका दरले हुन् आउने १९ करोड ८३ लाख १५ हजार बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले १ सय ६० प्रतिशत हकप्रद निष्काशनको प्रक्रिया समेत अगाडी बढाएको छ । उक्त प्रस्ताव धितोपत्र बोर्डबाट अनुमतिको पर्खाइमा रहेको छ । १ सय ६० प्रतिशत हकप्रदले समेत प्रस्तावित बोनस पाउने भएकाले कम्पनीको बोनस शेयर दर  समायोजन भई १२.५ प्रतिशत कायम हुने कम्पनिले जनाएको छ । 

उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पुंजी ६१ करोड २ लाख रहेकोमा प्रस्तावित बोनस र हकप्रद पछि कम्पनीको चुक्ता पुंजी १ अर्ब ७८ करोड पुग्ने छ । 

कम्पनीले चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा ११ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved