अन्तिम दिन ९ अंकले बढ्यो नेप्से, यस्ता छन् सर्बाधिक कमाउने र गुमाउने ५ कम्पनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 08, 2018 | 01:18:45 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज बिहिबार बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक ९.०१ अंकले बढेर १३९१.०३ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५२ कम्पनीका ६ लाख ८६ हजार ४ सय ६३ कित्ता शेयर खरिद बिक्रिबाट २६ करोड ८५ लाख ३० हजार ४ सय २ रुपियाँको कारोबार भएको छ । 

आज कारोबारमा आएका ट्रेडिङ र फाइनान्स बाहेकका सबै सूचक बढेका छन् । 

आज नेपाल बैंक लिमिटेड सबै भन्दा धेरै २ करोड ४२ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा प्राइम लाइफ इन्स्योरेन्स, सिभिल बैंक, लक्ष्मी बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायत रहेका छन् । 

आज सुर्योदय लघुवित्तका लगानीकर्ताले सर्बाधिक ९.९६ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा कालिका माइक्रोक्रेडिट (४.३६ %), मिर्मिरे माइक्रोफाइनान्स (३.९९ %), ओरियन्टल होटेल्स (३.५९ %), प्रुडेन्शियल इन्स्योरेन्स (३.३८ %) लगायत रहेका छन् । 

आज आरएसडिसी लघुवित्तका लगानीकर्ताले सर्बाधिक ९.९८ प्रतिशत गुमाएका छ । अन्य धेरै गुमाउनेमा एनआईबिएल सम्वृद्धि १ (४.२० %), गोर्खाज फाइनान्स (३.५४ %), काबेली विकास बैंक (२.७७ %), वल्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स (२.४७ %) गुमाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved