23 Feb, 2018 | ११ फाल्गुन २०७४ | शुक्रवार


Bizpati Reporter

Follow us on

लाईफ ईन्स्योरेन्स कर्पोरेसनको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग नियुक्त

Posted on:February 08, 2018

Tata Banner Ads

लाईफ ईन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको शेयर रजिस्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ  । 

आज बिहिबार यी दुई कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  हस्ताक्षर कार्यक्रममा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रबन्ध संचालक रमेश घिमिरे र लाईफ ईन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको तर्फबाट प्रबन्ध संचालक अभिजीत घोस दस्तिदार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार लाईफ ईन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु  नेपालएसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड, हात्तिसार, काठमाण्डौंले गर्ने छ ।

विगत एक वर्षदेखि मर्चेण्ट बैकिङ्ग व्यवसायगर्दै आएको नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।


Share your thoughts!

Loading...

Trending