उन्नति माइक्रोफाइनान्सको आईपीओ बाँडफांड, २ हजार ४६७ आबेदन रद्द

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 09, 2018 | 08:25:45 AM मा प्रकाशित

laxmi  sunrise bank


उन्नति माइक्रोफाइनान्सले सर्वसाधारणमा बिक्रि खुला गरेको साधारण सेयर (आईपीओं) बाँडफाँड भएको छ । निष्काशन तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले शुक्रबार ८.३० बजे क्यापिटलको कार्यालय नक्सालमा आइपीओ बाँडफाँड गरेको हो। 

कुल २ लाख ४४ हजार ४७२ आवेदन परेकोमा २ हजार ४६७ जनाको आबेदन रद्द भएका छन। आवेदक मध्ये गोलाप्रथाबाट १५ हजार १५ जना सर्वसाधारणले मात्र उन्नतिको साधारण सेयर प्राप्त गरेका छन। त्यस्तै १०१ कर्मचारीले ६ हजार ६०० कित्ता, १२ सामुहिक लगानी कोषले ८ हजार २५० कित्ता सेयर पाएका छन।  

आइपीओको नतिजा केहि समयपछि बिजपाटि डटकममा प्रकाशित हुनेछ। 

बिजपाटि डटकमको मेनुबारमा रहेको आइपीओ रिजल्ट (IPO) मा क्लिक गरेर तनिजा हेर्न सक्नु हुनेछ । तपाईले Check Your IPO Result  भन्ने देख्नुहुन्छ। त्यहाँ उन्नति माइक्रोफाइनान्स कम्पनि (Unnati Microsanstha Bittiya Sanstha Limited) भनेर छनौट गर्नुहोस। तपाईले आफ्नो नाम मात्र राखेर पनि नतिजा हेर्न सक्नुहुन्छ। 

नोट: पूर्ण नतिजा सार्वजनिक भएपछि मात्र तपाईले बिजपाटि डटकममा गएर आफुलाई आइपीओ परे नपरेको थाहा पाउन सक्नुहुन्छ।  पूर्ण नतिजा सार्वजनिक नहुँदा सम्म IPO Issuer Company मा उन्नति माइक्रोफाइनान्सको नाम देखिने छैन ।  

माइक्रोफाइनान्सले पुष २१ देखि पुस २५ सम्म १ करोड ६५ लाख बराबरको १ लाख ६५ हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । जसमा ४ प्रतिशत अर्थात् ६६०० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ८२५० कित्ता सामुहिक लगानी कोषलाई र बाँकि १ लाख ५० हजार १ सय ५० कित्ता सर्बसाधारणलाई छुट्टयाइएको थियो। 

हाल माइक्रोफाइनान्सको चुक्ता पुंजी ३ करोड ८५ लाख रहेकोमा आईपिओ निष्काशनपछि चुक्ता पुंजी ५ करोड नाघ्ने छ । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४५ लाख ११ हजार खुद मुनाफा गरेको छ। रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको यस माइक्रोफाइनान्सले १० जिल्लामा सेवा प्रदान गर्दै आएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved