उन्नति माइक्रोफाइनान्सको आईपीओ नतिजा सार्वजनिक, यसरि हेर्नुहोस IPO नतिजा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 09, 2018 | 09:37:32 AM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति माइक्रोफाइनान्सले सर्वसाधारणमा बिक्रि खुला गरेको साधारण सेयर (आईपीओं) को नतिजा सार्वजनिक भएको छ । निष्काशन तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले शुक्रबार ८.३० बजे क्यापिटलको कार्यालय नक्सालमा आइपीओ बाँडफाँड गरेको हो। 

कुल २ लाख ४४ हजार ४७२ आवेदन परेकोमा २ हजार ४६७ जनाको आबेदन रद्द भएका छन। आवेदक मध्ये गोलाप्रथाबाट १५ हजार १५ जना सर्वसाधारणले मात्र उन्नतिको साधारण सेयर प्राप्त गरेका छन। त्यस्तै १०१ कर्मचारीले ६ हजार ६०० कित्ता, १२ सामुहिक लगानी कोषले ८ हजार २५० कित्ता सेयर पाएका छन।  

बिजपाटि डटकमको मेनुबारमा रहेको आइपीओ रिजल्ट (IPO) मा क्लिक गरेर नतिजा हेर्न सक्नु हुनेछ । तपाईले Check Your IPO Result  भन्ने देख्नुहुन्छ। त्यहाँ उन्नति माइक्रोफाइनान्स कम्पनि (Unnati Microsanstha Bittiya Sanstha Limited) भनेर छनौट गर्नुहोस। तपाईले आफ्नो नाम मात्र राखेर पनि नतिजा हेर्न सक्नुहुन्छ। 

अथवा 

यहाँ क्लिक गर्नुहोस http://bizpati.com/ipo/results

माइक्रोफाइनान्सले पुष २१ देखि पुस २५ सम्म १ करोड ६५ लाख बराबरको १ लाख ६५ हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । जसमा ४ प्रतिशत अर्थात् ६६०० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ८२५० कित्ता सामुहिक लगानी कोषलाई र बाँकि १ लाख ५० हजार १ सय ५० कित्ता सर्बसाधारणलाई छुट्टयाइएको थियो। 

हाल माइक्रोफाइनान्सको चुक्ता पुंजी ३ करोड ८५ लाख रहेकोमा आईपिओ निष्काशनपछि चुक्ता पुंजी ५ करोड नाघ्ने छ । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४५ लाख ११ हजार खुद मुनाफा गरेको छ। रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको यस माइक्रोफाइनान्सले १० जिल्लामा सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved