लागू हुँदैछ सेयर बजारलाई व्यवस्थित र पारदर्शी बनाउने निर्देशिका, यस्ता छन १० प्रमुख व्यवस्था

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 09, 2018 | 10:16:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले सुचिकृत कम्पनीहरुलाई शेयरधनिहरुप्रति जवाफदेही र उत्तरदायी बनाउन 'संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७४ लागू' गर्ने भएको छ। उक्त निर्देशिका तयार भई स्वीकृत भई सकेको बोर्डले जनाएको छ। 

अन्तराष्ट्रिय अभ्यासहरुलाई अध्ययन गरी त्यसका प्रमुख व्यवस्थाहरुलाई समावेश गरि तयार पारिएको यो निर्देशिका २०७५ साउन १ देखि लागू हुने भएको छ। लागू गर्नका लागि बोर्डले तयारि स्वरुप २०७५ असारसम्म सुचिकृत कम्पनीहरुलाई समय दिने भएको छ। 

संस्थागत सुशासन सम्बन्धमा 'आर्थिक सहयोग तथा विकास संगठन' ले अख्तियार गरेको प्रमुख ६ सिद्दान्त र छिमेकी मुलुक भारत, श्रीलंका र मलेसिया तथा अन्य एशियाली देशमा सुशाशन सम्बन्धमा गरिएका अभ्यास र नेपालमा बिध्यमान रहेका व्यवस्थालाई आधार मानि यो निर्देशिका तयार गरिएको बोर्डले जनाएको छ। 

निर्देशिकाले सूचना तथा जानकारी प्रवाह गर्ने, सञ्चालक समिति, सञ्चालकको अयोग्यता, काम कर्तव्य र अधिकार तथा बैठक भत्ता, संस्थाको हित बिपरित कार्य गर्न नहुने, आन्तरिक नियन्त्रण प्रणाली लगायतका विषयमा मापदण्ड निर्धारण गरेको छ । 

निर्देशिकाले सूचीकृत संगठित संस्थाहरुलाई अनुसाशित बनाई सेयर बजारलाई व्यवस्थित र पारदर्शी बनाउन मद्धत पुग्ने विश्वास धितोपत्र बोर्डले लिएको छ ।

निर्देशिकामा भएका मुख्य व्यवस्थाहरु यस्ता छन: 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved