25 May, 2018 | ११ जेठ २०७५ | शुक्रवार






Bizpati Reporter

Follow us on

किन दियो पूँजी बजार लगानीकर्ता संघले सेबोन र नेप्सेलाई 'कारबाही' गर्ने चेतावनी ?

Posted on:February 09, 2018

citizen bank

पूंजीबजारको विकास तथा बिस्तारमा लाग्न नियमन निकायलाई दबाब दिइएको छ। पूंजी बजार लगानीकर्ता संघले नेपाल त्रितोपत्र बोर्ड (सेबोनं)र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई बजार बिस्तारमा केन्द्रित नभए कारबाहीको भागेदार हुनुपर्ने चेतावनी दिंदै १२ बुंदे रणनीतिक माग पत्र पेश गरेको छ। 

संघका अध्यक्ष नबराज सुबेदीको नेतृत्वमा गएको लगानीकर्ताको प्रतिनिधिमण्डलले नियमन निकायले बजार सुधारका काममा सुस्तता देखाए लगानीकर्ताहरु कडा रुपमा प्रस्तुत हुन बाध्य हुने चेतावनी दिए। 

'नियमन निकायले बजार बिस्तार तथा सुधारको काममा जुन तिब्रता लिनुपर्ने हो त्यो भएको छैन, यस्तै कार्यशैली हो भने कारबाहीको दोस्रो बिकल्प हुनेछैन' संघका अध्यक्ष सुबेदीले बिजपाटिलाई भने, 'सेबोन र नेप्से अब पनि कानमा तेल हालेर बस्ने हो भने बजार विस्तारमा बाधक बन्ने अधिकारिहरुलाई 'एक्सन' लिनुको बिकल्प छैन।'

नेकपा माओबादी केन्द्रका प्रभावशाली कार्यकर्ता समेत रहेका र नयाँ प्रधानमन्त्री बन्ने केपी ओलीसँग राम्रो सम्बन्ध बनाएका सुबेदीले आफुहरुले बुझाएको १२ बुंदे ज्ञापन पत्र त्यसैको कडीको रुपमा बुझ्न नियमन निकायलाई चेतावनी समेत दिएका छन।

त्यस्तै संघका एक सदस्यले बाम गठबन्धनको सरकारलाई देखाएर केहि गिरोह बजार घटाउन लागिपरेको आरोप लगाए। बाम गठबन्धनलाई देखाएर बजारमा अनेक अफवाह फैलाउदा समेत नियमन निकायहरु नसुने जस्तो गरि आफ्नो जिम्मेवारीबाट पन्छिएको उनले आरोप लगाए।  

संघले सेबोन र नेप्से समक्ष राखेका मागहरुमा ब्रोकर कमिशन अधिकतम ०.२५ बिन्दुमा झार्नुपर्ने, पूर्ण अनलाईन कारोबार प्रणाली तत्काल ल्याउन मिति तोकेर घोषणा गर्ने, बाणिज्य बैंकलाई तत्काल ब्रोकर लाईसेन्स दिने, उपत्यका भित्र ५० र बाहिर १०० ब्रोकर तत्काल थप्ने, नेप्सेको निजीकरण वा पुर्नसंरचना के गर्ने हो तत्काल घोषणा गर्ने र प्रक्रिया थालिहाल्नूपर्ने रहेको छ। 

त्यस्तै अन्य मागहरुमा  नयाँ स्टक एक्सचेन्जलाई तत्काल लाईसेन्स दिने, एनआरएन र विदेशी संस्थागत लगानीकर्तालाई ल्याउन तत्काल धितोपत्र बोर्डले कार्यबिधि सार्वजनिक गर्ने, सेयर धितोको जोखिम भारित अंश घटाएर १०० प्रतिशतसम्म झार्ने र कर्जाको सिमा धितो मूल्यांकनको ७० प्रतिशत बनाउने पहल गर्ने, मार्केट मेकर तत्काल ल्याउने, ईन्भेष्टर्स प्रोटेक्शन एक्टको तत्काल ल्याउने, ब्रोकर मार्फत मार्जिन लेण्डिड. सेटलमेन्ट ग्यारेन्टी फण्ड र अक्सन मार्केटको तत्काल कार्यान्वयन गर्ने, लगानीकर्तामा भ्रम र अन्योल सिर्जना गर्ने कुराहरु नियन्त्रण गर्ने, नियमनकारी निकायहरुले आपसमा समन्वय गरेर मात्र नयाँ नियम लागु गर्ने, लगानीकर्तामा बढ्दो निराशा हटाउँन बोर्डले देशका कम्तिमा २० शहरमा तत्काल लगानीकर्ता सचेतना कार्यक्रम संचालन गर्नुपर्ने रहेको छ।

ज्ञापन पत्र बुझ्दै बोर्ड र नेप्सेका अधिकारिहरुले आफुहरुले लगानीकर्ताको हितलाई जहिल्यै प्राथमिकतामा राखेको बताए। बजार विस्तार तथा सुधारका लागि संघले उठाएका मागहरु जायज भएको र आफुहरुले यसलाई गंभीरतापूर्वक लिएको र तत्काल एक्सनमा जाने प्रतिबद्धता व्यक्त गरे।  


Share your thoughts!

Loading...

Trending