एनआईबिएल क्यापिटल र एस क्यापिटलले एनआईबिएल एस क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोवार गर्ने भएका छन। माघ २८ देखि एकीकृत कारोबार थाल्ने क्यापिटलले जनाएको छ।
मर्जर पश्चात बनेको एनआईबिएल एस क्यापिटलको चुक्ता पुंजी २७ करोड पुग्नेछ। यससंगै एनआईबिएल एस क्यापिटल सबैभन्दा बढी चुक्ता पुंजी भएको धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) बनेको छ ।
क्यापिटलसंग १ लाख ४२ हजार भन्दा बढी हितग्राही खाता छन्। साथै क्यापिटलले ४ वटा शाखा कार्यालयहरु (थप ३ वटा खुल्ने क्रममा रहेको) र ३८ वटा कम्पनीको शेयर रजिष्ट्रार कार्यालय मार्फत करिब १० लाख शेयरधनीहरुलाई सेवा प्रदान गरिरहेको छ।
दुई क्यापिटल एक भए पश्चात हाल गर्दै आएको मर्चेन्ट बैंकिङ व्यवसायमा सकारात्मक असर पर्ने र अहिलेसम्म प्रदान गर्दै आएको सेवाहरु अझ सुदृढ र सशक्त रुपमा विस्तार हुने क्यापिटलको बिश्वास छ।
Mohammad Ajmat Ali