मन्जुश्री फाइनान्सको ५ प्रतिशत हकप्रदका लागि बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 11, 2018 | 06:14:54 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्सले हकप्रद प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ। फाइनान्सको माघ २६ गते बसेको संचालक समितिको बैठकले ५ प्रतिशत हकप्रद प्रयोजनका लागि फागुन ९ का लागि बुक क्लोज गर्ने निर्णय गरेको जनाइएको छ। 

फाइनान्सले ५ प्रतिशत हकप्रद बिक्रि प्रयोजनार्थ फागुन ९ का लागि बुक क्लोज गर्ने निर्णय गरेकाले फागुन ८ सम्म कायम शेयरधनीहरुले मात्र ५ प्रतिशत हकप्रद भर्न पाउनेछन। 

फाइनान्सले ३३ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ६२ हजार १९० कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। फाइनान्सले माघ ९ गते मात्र नेपाल धितोपत्र बोर्डबाट हकप्रद बिक्रि गर्ने अनुमति पाएको हो।   

फाइनान्सको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा साबिकको एस क्यापिटल रहेको छ। एस र एनआईबिएल क्यापिटल एक आपसमा गाभिएर माघ २८ देखि एनआईबिएल एस क्यापिटलको नाममा एकीकृत कारोबार थालेका छन। 

५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ७६ करोड ५ लाख पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी ७२ करोड ४३ लाख छ। फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ४ करोड १४ लाख खुद मुनाफा आर्जन गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved