मौद्रिक नीतिको समिक्षाप्रति लगानीकर्तासंघको आपत्ति, शेयर कर्जाको सिमा ७० प्रतिशत पुर्याउन माग

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 15, 2018 | 09:40:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले जारि गरेको अर्ध बार्षिक मौद्रिक समिक्षामा शेयरबजारको सुधारको बारेमा कुनै पनि बिषयलाई सम्बोधन नगरिएको भन्दै शेयर लगानीकर्तासंघ नेपालले त्यसको घोर बिरोध गरेको छ। 

शेयर बजार सुधार तथा बिस्तारको प्रमुख निकाय राष्ट्र बैंक भएपनि शेयरबजारको हितमा हुने गरि मौद्रिक समिक्षामा कुनै पनि बिषयमा सम्बोधन नभएकोमा संघले आपत्ति जनाएको छ। 

बजार बिस्तारका लागि पटक पटक राष्ट्र बैंकको ध्यानाकर्ष गराउदै आएको जानकारी गराउंदै लगानीकर्तासंघले पुंजीबजारको बिस्तार गर्न राष्ट्र बैंक चुकेको आरोप लगाएको छ। 

शेयर कर्जाको सिमा बढाएर ७० प्रतिशत पुर्याउनु पर्ने, प्राथमिक पुंजीकोषबाट शेयरकर्जा दिंदा ४० प्रतिशतबाट १०० प्रतिशत पुर्याउन र १५० प्रतिशतबाट १०० प्रतिशत पुर्याउनु पर्ने लगायतका पुराना मागहरु तत्काल सम्बोधन गर्न संघले राष्ट्र बैंकको ध्यानाकर्षण गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved