सेन्चुरीले १० प्रतिशत लाभांश पारित गर्न डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 15, 2018 | 11:39:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंकले बार्षिक साधारणसभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। बैंकले फागुन ३० गते डाकिएको ७ औं बार्षिक साधारणसभाका लागि फागुन ११ देखि बुक क्लोज गर्ने निर्णय गरेको नेप्से मार्फत जनाइएको छ। 

फागुन ११ देखि बुक क्लोज गर्ने निर्णय भएकाले फागुन १० सम्म कायम शेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र गत आर्थिक बर्षको कमाईबाट वितरण गरिएको लाभांश प्राप्त गर्न सक्नेछन। 

बैंकले गत आर्थिक बर्षको कमाईबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले उक्त लाभांश प्रस्ताब पारित गरेपछी शेयरधनीले लाभांश पाउनेछन। 

५ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ६ करोड पुग्ने छ। हकप्रद वितरण र सेती फाइनान्स तथा अल्पाइन डेभलपमेन्ट गाभेपछि बैंकको चुक्ता पुंजी ७ अर्ब ६७ करोड पुगेको छ। चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा बैंकले  ३२ करोड ५१ लाख खुद मुनाफा गरेको छ। 






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved