बाम सरकारलाई शेयरबजारको स्वागत, नेप्से ३६ अंकले बढ्दा दुई गुणाले बढ्यो कारोबार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 15, 2018 | 01:12:12 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयरबजारले बाम सरकारलाई स्वागत गरेको छ। हिजोसम्म सुस्तता छाएको शेयरबजारमा बाम सरकारको उल्लास बढ्दा नेप्से परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार आएको छ। 

नेप्से परिसूचक ३६।०१ अंकले बढेर १४२४.९५ को बिन्दुमा पुगेको छ भने आज एकै दिन ६५ करोडको कारोबार भएको छ। बिहिबारको कारोबारलाई आधार मान्दा शेयरबजारका लगानीकर्ताले बाम सरकारलाई स्वागत गरेको देखिएको छ।  

बिहिबार कारोबारमा आएका १६५ कम्पनीका १५ लाख ६ हजार ६३४ शेयरहरुको खरिद बिक्रिबाट ६५ करोड ३३ लाखको कारोबार भएको छ। जसमा सबै भन्दा बढी कुमारी बैंकको कारोबार भएको छ। बुधबार ३८ करोडको कारोबार भएकोमा आज बिहिबार झन्डै दुई गुणाले कारोबार बढेको छ।  बिहिबार सबै भन्दा बढी कमाउनेमा श्री इन्भेष्टमेन्ट र अरुण फाइनान्स छन भने गुमाउनेमा एनएमबि सुलभ इन्भेस्टमेन्ट फंद्र सिर्जना फाइनान्स छन।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved