ओरियन्टल होटल सहित ३ कम्पनीको ६२ लाख कित्ता शेयर सुचिकृत, हेर्नुस कुनको कति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 15, 2018 | 01:29:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा बिहिबार (फागुन ३) तीन कम्पनीका ६२ लाख ८८ हजार ५ सय ९८ कित्ता सेयर सूचीकृत भएका छन। सुचिकृत हुने कम्पनीमा दुई फाइनान्स र एक होटल रहेका छन। 

जेबिल्स फाइनान्सको २८ लाख ८९ हजार ५ सय ६२ दशमलब ५० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ भने गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको १९ लाख ७३ हजार ९ सय २८ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ।

त्यस्तो नै ओरियन्टल होटलको १४ लाख २५ हजार १ सय ६ कित्ता बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा सुचिकृत भएसंगै यी कम्पनीका शेयरहरु आगामी सातादेखि खरिद बिक्रि गर्न पाइनेछ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved