नेप्सेको सूचिकरणमा ११० कम्पनी ‘क’ वर्गमा, सुचिमा नेपाल बैंक किन अटाएन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 15, 2018 | 02:59:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत २०६ कम्पनीहरु मध्ये ११० कम्पनीलाई 'क' बर्गमा समूहमा बर्गिकरण गरिएको छ। धितोपत्र सूचिकरण विनियमावली,२०५३ को विनियम १४ को उपविनियम(२) ले व्यवस्था गरेको शर्तहरुको आधारमा ११० कम्पनीहरुलाई 'क' समुहमा राखिएको हो। 

नेप्सेका अनुसार चुक्ता पुंजी कम्तिमा २ करोड भएको साधारण शेयरधनीहरुको संख्या कम्तिमा १००० भएको, कम्तिमा तीन वर्ष देखि लगातार मूनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको छ महिना भित्र उक्त आर्थिक वर्षको कारोबार तथा आय–व्यय विवरण पेश गरेको शर्तहरु पालना गरेका कम्पनीहरुलाई क बर्गमा राखिएको हो।

गत आर्थिक बर्ष 'क' बर्गमा १११ कम्पनी भएकोमा यस आर्थिक बर्ष ११० कम्पनी मात्र क समूहमा अटाएका छन। बर्गिकरण अनुसार वाणिज्य बैंक समूहबाट २७, अन्य समूहबाट २, जलविद्युत समूहबाट ५, होटल समूहबाट २, बीमा समूहबाट १६, वित्त समूहबाट ११, विकास बैंक समूहबाट २१, माईक्रोफाइनान्स वित्तिय संस्था समूहबाट २६, कम्पनीहरु ‘क’वर्गमा परेका छन्।      

२८ बाणिज्य बैंकहरु मध्ये नेपाल बैंकबाट 'कम्तिमा तीन वर्ष देखि लगातार मूनाफामा' हुनुपर्ने शर्त पालना नभएकाले नेपाल बैंकलाई क बर्गमा राखिएको छैन।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved