सन नेपाल लाइफको आइपिओ प्रस्ताब पारित, अध्यक्षमा अनुज क्याल निर्वाचित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 16, 2018 | 02:59:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफले सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताब पारित गरेको छ। सन लाइफको पहिलो बार्षिक साधारणसभाले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारि गर्ने प्रस्ताब पारित गरेको हो। 

सभाले गत आर्थिक बर्षको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय विवरण पार्टी गरेको छ। साथै कम्पनीको प्रवन्ध पत्र तथा नियमावलीमा संसोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताब समेत पारित गरेको छ। 

सन लाइफले पुष मसान्तसम्मको अवधिमा १४ वटा शाखा कार्यालय संचालन गरि ३६०० भन्दा बढी अभिकर्ता तयार गरेको छ। कम्पनीले पुष मसान्तसम्म ३ हजार ५२ बिमालेख बिक्रि गरि १० करोड २७ लाख ५४ हजार ९२२ प्रिमियम संकलन गरेको छ। यस अवधिमा इन्स्योरेन्सले ८ करोड १० लाख ५९ हजार ८२४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

साथै कम्पनीको नयाँ संचालक समितिमा संस्थापक समुहका शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक पदमा अनुज क्याल, नारायण रुंगटा,   किरण के।सी र सशांक अग्रवाल निर्विरोध निर्वाचित भएका छन। संचालक मध्येबाट अध्यक्षमा अनुज क्याल निर्वाचित भएका छन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved