भावी अर्थमन्त्रीको नयाँ नीतिको पर्खाइमा शेयरबजार, यस्ता छन बजार नबढ्नुका कारण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 20, 2018 | 02:48:28 PM मा प्रकाशित

laxmi  sunrise bank

ओलीको नेतृत्वमा बाम सरकार बनेपछि सुधार आउने अपेक्षा बिपरित नेप्से परिसूचक ओरालो लागेको छ। परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम समेत ४० करोडमा खुम्चिएको छ। 

नेपाल राष्ट्र बैंकले लिएको पुंजी वृद्धिको नीतिका कारण बढेको शेयर संख्यालाई व्यवस्थापन हुनेगरि सम्बन्धित सरकारी निकायबाट कुनै ठोस कदम नचालीदा अपेक्षा गरे अनुसार शेयरबजारको प्रगति नदेखिएको हो। 

शेयर आपूर्तिको 'बाढी' लाई व्यवस्थापन गर्ने गरि राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्ने लगानीकर्ताको बुझाई थियो। तर राष्ट्र बैंकले उल्टै बजार प्रभावित हुने गरि ओभरड्राफ्ट लोनलाई कस्ने नीति लियो। बजारमा ठुला भोलुममा कारोबार गर्ने अधिकांशले लगानीकर्ताले ओभरड्राफ्ट लोन लिएर लगानी गरेकाले त्यसको प्रत्यक्ष असर शेयरबजारमा देखिएको हो। 

'ओभरड्राफ्ट को लोन नै व्यवस्थापन गर्न गाह्रो भएको छ, त्यहि माथि ब्याजको मिटर बढेको बढ्यै छ, मिलाउने भनेको शेयर बेचेरै हो, अनि बजार बढ्छ कसरि' एक लगानीकर्ताले बिजपाटिलाई बताए।

बिगतको तुलनामा लगानीकर्ता बढी परिपक्व भएकाले बोलि र खोक्रो आश्वासनकै कारण बजारले गति लिन नसक्ने शेयर पण्डितहरुको भनाई छ। मौद्रिक नीतिबाट राष्ट्र बैंकले केहि गर्ला भन्ने आशा निराशामा बदलिएकाले अब नयाँ बन्ने अर्थमन्त्रीले ल्याउने नीतिले शेयरबजारको भविष्य तय गर्ने उनीहरुको भनाई छ।

नीतिगत सुधारका कुरा जति गरिएपनि शेयर आपूर्ति व्यवस्थापन गर्नुनै अहिलेको प्रमुख चुनौती हो। त्यसका लागि शेयर कर्जाको मार्जिन कम्तिमा पनि ७० प्रतिशत पुर्याउनुपर्ने लगानीकर्ताको माग पुरा हुनुपर्ने देखिन्छ। त्यहि माथि बैंकिङ प्रणालीमा देखिएको तरलता अभाब र त्यसले जन्माएको चर्को ब्याजदरले चुनौती थपिएको छ।    

शेयरबजारका लागि अनुदार मानिएका डा युवराज खतिवडा राष्ट्रीय सभा सदस्यमा मनोनित भएसंगै उनि अर्थमन्त्री बन्ने चर्चा चलेको छ। यद्दपी खतिवडा अर्थमन्त्रीका लागि योग्य व्यक्ति भएपनि उनि अर्थमन्त्री बन्न नसक्ने नेकपा एमालेका एक नेताले बिजपाटिलाई बताए। 'राजनीतिमा यत्रो बर्ष संघर्ष गरेका नेताहरुलाई अर्थमन्त्री नबनाई खतिवडालाई बनाउदा कार्यकर्ताको दबाब थेगी नसक्नु हुन्छ, त्यसैले पनि खतिवडा अर्थमन्त्री बन्ने सम्भावना न्यून छ' उनले भने। 

कारोबार अपडेट

मंगलबारको कारोबारमा नेप्से परिसूचक १७।१८ अंकले घटेर १३९६।७२ को बिन्दुमा ओर्लिएको छ। आज कारोबारमा आएका कुल १६० कम्पनीका १० लाख १९ हजार शेयर खरीद बिक्रिबाट ४० करोड ५८ लाखको कारोबार भएको छ। जसमा सबै भन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको र ओम डेभलपमेन्ट बैंकको संस्थापक शेयरको कारोबार भएको छ। 

त्यस्तै होटल बाहेक अन्य सबै उप सूचक ओरालो लागेको अवस्थामा प्रोग्रेसिब फाइनान्स, अरुण भ्याली र हिमालयन दिष्ट्रिलरीले क्रमश: प्रति कित्ता १०,९ र २५ रुपैयाँ कमाएका छन। त्यस्तै सम्मिट माइक्रोफाइनान्स, बोटलर्स नेपाल र अरुण काबेलीको शेयरधनीले प्रति कित्ता क्रमश: ७२, ३९७ र १७ रुपैयाँ गुमाएका छन।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved