आउने भयो ङादि ग्रुपको हकप्रद, सिद्दार्थ क्यापिटल बिक्रि प्रबन्धक नियुक्त

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 21, 2018 | 12:59:27 PM मा प्रकाशित

laxmi  sunrise bank

ङादि ग्रुप पावर कम्पनि लिमिटेडले हकप्रद बिक्रि प्रक्रिया अगाडी बढाएको छ। कम्पनिले हकप्रद निष्काशनको लागि धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा सिद्दार्थ क्यापिटललाई चयन गरेको छ। 

यस समबन्धि सम्झौतामा ङादि ग्रुप पावर  लिमिटेडका तर्फबाट अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाई र सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गरेका छन।  

कम्पनिले १० बराबर ३ कित्ता शेयर अर्थात ३० प्रतिशतका दरले हकप्रद बिक्रि गर्न लागेको हो। कम्पनिले कम्पनिले हाल कायम चुक्ता पुंजी ५३ करोड ५५ लाख ५४ हजार ८०० को ३० प्रतिशतले हुन आउने १६ करोड ६ लाख रुपैयाँ बराबरको १६ लाख ६ हजार ६६४।४० कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved