ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर जारि गर्ने प्रक्रिया अगाडी बढाएको छ। इन्स्योरेन्सले सर्वसाधारणमा आइपीओ जारि गर्न एनएमबि क्यापिटललाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्ति गरेको छ।
यस सम्बन्धि सम्झौतामा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरे।
सो अवसरमा इन्स्योरेन्सका कम्पनी सचिव रामप्रसाद थपलिया तथा क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कमल प्रसाद नेपाल र विजनेश विभाग प्रमुख रोश्ना मानन्धरको समेत उपस्तिथी थियो।
कम्पनीले ६६ करोड बराबरको ६६ लाख कित्ता आइपिओ जारि गर्न लागेको हो। आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनिको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ। कम्पनिको गत माघ १० गते सम्पन्न बार्षिक साधारणसभाले सर्वसाधारणमा आइपिओ जारि गर्ने प्रस्ताब पारित गरेको हो।