बुटवल पावरको एफपीओले बिक्रि प्रबन्धक एनएमबी सहित ५ क्यापिटल समस्यामा परेकै हुन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 22, 2018 | 10:52:42 AM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावरले कम्पनी लिमिटेडले गत माघ १५ गतेदेखि निष्कासन गरेको नयाँ साधारण सेयर (एफपीओ) मा आबेदन दिने अवधि अब केहि दिन मात्र बाँकी छ। शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार फागुन ८ सम्म बुटवल पावरको एफपीओ ६८  प्रतिशत मात्र बिक्रि भएको छ। 

बिपिसीको एफपीओ भर्ने म्याद छिटोमा माघ १९ गते र ढिलोमा फागुन १५ तय गरिएकाले अबको केहि दिन भित्र बाँकी रहेको ३२ प्रतिशत एफपीओ बिक्रि गर्नुपर्नेछ। कम्पनिले ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपिओ बिक्रि खुला गरेको थियो। फागुन ८  सम्म बिपिसीको एफपीओमा करिब ८३ हजार आवेदकबाट १ अर्ब ३८ करोड बराबरको आबेदन परेको छ। 

बुटवल पावरले अबको केहि दिन भित्र बाँकी रहेको ३२ प्रतिशत एफपीओ बिक्रि गर्नुपर्नेछ। निर्धारित मितिसम्म पनि बिक्रि हुन बाँकी रहेको एफपीओ अब कसले खरिद गर्छ ? 

बिक्रि प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख संचालन अधिकृत कमल नेपालले अन्तिम समयमा आबेदन दिने अभ्यास रहेकाले अन्तिम दिनसम्म पुरै एफपीओ बिक्रि हुने बिश्वास व्यक्त गरेका छन। 'कथम कदाचित बिक्रि नभए पहिलो प्राथमिकता संस्थापक सेयरधनीले पाउनेछन, उनीहरुबाट पनि आबेदन नआए धितोपत्र प्रत्याभूति गर्ने (अण्डरराइटर) ले खरिद गर्नेछन' नेपालले बिजपाटिलाई भने।

कम्पनिको विवरण पत्रमा एनएमबि, लक्ष्मी, एनआईबिएल, ग्लोबल आइएमई र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग बिपिसीको एफपीओ प्रत्याभूति गर्ने उल्लेख छ। अर्थात बिक्रि हुन बाँकी रहेको एफपीओ संस्थापक शेयरधनीबाट पनि खरिद भएन भने यी ५ क्यापिटलले खरिद गर्नुपर्ने हुन्छ। 

कतिमा किन्छन ?

बिपिसीको एफपीओ प्रतिकित्ता १०० रुपैया अंकित मुल्यमा ४०१ रुपैयाँ प्रिमियम थपेर ५०१ मा बिक्री खुला गरिएको हो। बुटवल पावरको एफपीओ प्रत्याभूत गर्ने बिक्रि प्रबन्धक एनएमबि क्यापिटल सहित अन्य ४ सहायक बिक्रि प्रबन्धक कम्पनीले पनि प्रति कित्ता ५०१ रुपैयाँमा नै एफपीओ किन्नुपर्ने हुन्छ।

के यी ५ क्यापिटल समस्यामा परेकै हुन ?

बिपिसीको निष्काशन बन्द हुन अझैं ५ दिन बाँकी रहेको र संस्थागत तथा ठुला लगानीकर्ताले अन्तिम दिनमा आबेदन दिने अभ्यास रहेकाले प्रत्याभूत गरेका कम्पनीलाई एफपीओ किन्ने पर्ने बाध्यता आइनलाग्ने बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको दाबि छ। 

यदि केहि कित्ता एफपीओ बाँकी रह्यो भने त्यसमा पहिले संस्थापक शेयरधनीहरुले आबेदन भर्ने हुँदा यी ५ क्यापिटललाई बिपिसीको शेयर किन्ने अवस्था नआउने पनि क्यापिटलको भनाई छ।   

एफपीओ बिक्रिमा सकस किन ?

बिपिसीको एफपीओमा न्युनतम १० कित्ता अर्थात ५ हजार १ सय रुपैयाँ बराबरको र अधिकतम २० हजार ४०० अर्थात १ करोड २ लाख २० हजार ४०० रुपैयाँको आबेदन दिन पाउने व्यवस्था भएपनि धेरै लगानीकर्ताले कम पर्ने आशंकामा १०-२० कित्ताका लागि मात्र आबेदन दिएकाले एफपीओमा कम आबेदन परेको बिक्रि प्रबन्धकको भनाई छ। 

बुटवल पावरको एफपीओ निष्काशन सम्भवत: अहिलेसम्म कै बढी विवादस्पद बनेको छ। कम्पनिको एफपीओ निष्काशन नै नियम बिपरित भएको भन्दै केहि लगानीकर्ता संघले बिज्ञप्ति नै जारि गरे। यद्दपी नियमन नेपाल धितोपत्र बोर्डले कम्पनिको एफपीओं निष्काशन नियम संगत नै रहेको र अनावश्यक मिडियाबाजी भएको जवाफ दिइसकेको छ। 

त्यस्तै सामाजिक संजाल तथा केहि मिडियाहरुमा कम्पनिको वित्तीय अवस्था र एफपीओ निष्काशन प्रक्रियाबारे भएको टिकाटिप्पणीले एफपीओमा असर परेको कम्पनिको भनाई छ।

कम्पनिको वित्तीय अवस्था 

कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ३५७ प्रतिशतले बढाएर ५९ करोड ५२ लाख खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा कम्पनिले १३ करोड ९ लाख खुद मुनाफा गरेको थियो। कम्पनिले बिद्युत बिक्रिबाट ४० करोड ९८ लाख आम्दानि गरेको छ।   

एफपीओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २१ करोड नाघ्नेछ। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ८१ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ८६ करोड छ।

यस अवधिमा कम्पनिको प्रति शेयर आम्दानि ३३ रुपैयाँ ९ पैसा, प्रति शेयर नेटवर्थ २५८ रुपैयाँ २१ पैसा र मुल्य आम्दानिको अनुपात २१ दशमलब ४८ गुणा रहेको छ। 

त्यस्तै कम्पनीले एफपीओ निष्काशनका लागि इक्रा नेपालबाट ग्रेड ३ पाएको छ। ग्रेड ३ पाउनुले एफपीओ बिक्रिमा रहेको बुटवल पावरको   वित्तीय अवस्था औषत भएको देखाउंछ।    




 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved