शुक्रबारदेखि सि–आस्वा पूर्णरुपमा कार्यान्वयनमा, 'शेयरबजारमा नयाँ युगको सुरुवात'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 22, 2018 | 02:39:03 PM मा प्रकाशित

laxmi  sunrise bank

केन्द्रिकृत प्रणाली सि-आस्वा भोलि (शुक्रबार) देखि पुर्णरुपमा कार्यन्वयनमा आउने भएको छ। सार्वजनिक निष्काशन प्रक्रियालाई थप व्यवस्थित र चुस्त बनाउनका लागी सि-आस्वा कार्यन्वयनमा ल्याउन लागिएको नेप्सेका महाप्रबन्धक चन्द्र सिंह साउदले बताए। 

'सि–आस्बाको प्रयोगसँगै धितोपत्रको प्राथमिक बजारमा नयाँ युगको सुरुवात भएको छ, झन्झटिलो फारम बोकेर घन्टौंसम्म लाईनमा खरिद आवेदन दिनुपर्ने र बाँडफाँडका लागि महिनौं कुर्नुपर्ने युगको अन्त्य भएको छ' साउदले भने, 'सि-आस्वाको कार्यन्वयनले लगानीकर्तालाई घरमै बसेर आबेदन दिने र हप्तादिन नै बाँडफाँड गरि लगानीको प्रतिफल तत्काल प्राप्त गर्ने वातावरण तयार भएको छ।' 

पुर्व निर्धारित समयमा एक महिना थप गरिएको अवस्थामा सि-आस्वा प्रणालीमा आबद्ध बैंक वित्तीय संस्था तथा लगानीकर्ताको संख्या उत्साहजनक रहेको उनले बताए। 

त्यस्तै सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी अनुसार हाल सम्ममा ६० वटा बैंक तथा वित्तीय संस्था सि–आस्बा प्रणालीमा आबद्ध छन। १ लाख ३९ हजार ५ सय २ जना लगानीकर्ताले सि–आस्वाका लागि सिआरएन नम्बर प्राप्त गरिसकेका छन। 

यस प्रणालीमा हालसम्म २९ वटा कम्पनीका लागि ७२ हजार ९६८ जना आवेदकबाट २ लाख ९७ हजार ६६ वटा आबेदनहरु प्राप्त भैसकेका छन्। यस मध्ये ३० हजार ७५० वटा आबेदन इन्टरनेटको प्रयोग गरि 'मेरो शेयर' सफ्टवेयर मार्फत प्राप्त भएको छ। हाल सम्म 'मेरो शेयर' सफ्टवेयरमा १ लाख ४७ हजार ८१० जना प्रयोगकर्ता छन।


  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved