रसुवागढी–सान्जेनको अढाइ अर्बको आईपिओ बिक्रि खुला, कसले कति कित्ता भर्न पाउँछ ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 23, 2018 | 10:09:07 AM मा प्रकाशित

laxmi  sunrise bank

रसुवागढी र साञ्जेन (साञ्जेन र माथिल्लो साञ्जेन) आयोजनाका लागि आज फागुन ११ गतेबाट साधारण सेयर (आईपीओ) बिक्रि खुला भएको छ। दुवै कम्पनीको आइपीओमा सञ्चय कोषका कर्मचारी, सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीले आवेदन दिन पाउने व्यवस्था गरिएको छ। 

रसुवागढी आयोजनामा कसले कति आबेदन दिन पाउँछ ?

रसुवागढी आयोजनाले १ करोड ६४ लाख २१ जार ४० कित्ता सेयर बिक्री गर्न लागेको हो। यस मध्ये कर्मचारी संचय कोषमा रकम जम्मा गर्ने संचयकर्ताका लागि १ करोड ३३ लाख ४२ हजार ०९५ कित्ता, सञ्चय कोषका कर्मचारीलाई २३ लाख ९४ हजार ७३५ कित्ता र ऋणदाता संस्थाका कर्मचारी लागि ६ लाख ४८ हजार २१० कित्ता छुट्याइएको छ। 

रसुवागढी आयोजनाको आइपीओमा रसुवागढी र  कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेसम्म बहाल र त्यसपछि नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भएको २०७४ पुस २० गते सम्ममा थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीले आबेदन भर्न पाउनेछन।

संचयकर्ता र ऋणदाता संस्थाका कर्मचारीले न्युनतम ५० र अधिकतम ५०० कित्ताका लागि आबेदन भर्न सक्नेछन भने संचयकोषका कर्मचारीले न्युनतम ५० र अधिकतम २५०० कित्तासम्म आबेदन भर्न पाउनेछन। आइपीओमा आबेदन दिंदा १० ले भाग जाने संख्यामा तोकिएको अधिकतम कित्ताका लागि मात्र आबेदन भर्न पाइनेछ।  रसुवागढी आयोजनाको आइपिओ निष्काशन तथा बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।  

साञ्जेन (साञ्जेन र माथिल्लो साञ्जेन)

दुवै साञ्जेनले कुल ८७ लाख ६० हजार कित्ता आइपीओ बिक्रि खुला गर्न लागेको हो। यस मध्ये कर्मचारी संचय कोषमा रकम जम्मा गर्ने संचयकर्ताका लागि ७१ लाख १७ हजार ५०० कित्ता, सञ्चय कोषका कर्मचारीलाई ३ लाख ६५ हजार कित्ता र ऋणदाता संस्थाका कर्मचारी लागि १२ लाख ७७ हजार ५०० कित्ता छुट्याइएको छ।

सान्जेनको आइपीओमा कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेसम्म बहाल र त्यसपछि विवरणपत्र स्वीकृत भएको २०७४ मंसिर २६ गतेसम्म थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले आवेदन भर्न सक्नेछन् ।

संचयकर्ता र ऋणदाता संस्थाका कर्मचारीले न्युनतम ५० र अधिकतम ३०० कित्ताका लागि आबेदन भर्न सक्नेछन भने संचयकोषका कर्मचारीले न्युनतम ५० र अधिकतम १००० कित्तासम्म आबेदन भर्न पाउनेछन। आइपीओमा आबेदन दिंदा १० ले भाग जाने संख्यामा तोकिएको अधिकतम कित्ताका लागि मात्र आबेदन भर्न पाइनेछ।साञ्जेनको आइपिओ निष्काशन तथा बिक्रि प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ।    

परिचयपत्र र सी-आस्वा अनिवार्य

यी आयोजनाले निश्चित बर्गका लागि आइपीओ जारि गर्न लागेको हुँदा योग्यता प्रमाणित गर्न सजिलोका लागि परिचयपत्र हेर्नुपर्ने सम्बन्धित आयोजना प्रमुखहरूले जानकारी दिएका छन। 

त्यस्तै आइपीओमा आबेदन भर्न अनिवार्य रूपमा डिम्याट खाता नम्बर उल्लेख गर्नुपर्ने र सी–आस्बा प्रणालीमार्फत आवेदन गर्नुपर्ने व्यवस्था गरिएको  छ। यसका लागि आवेदकहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणाली मार्फत आबेदन दिन सक्नेछन। आबेदकले अनिवार्य रुपमा सी–आस्बा सेवा प्रदान गर्ने बैङ्क तथा वित्तीय संस्थाबाट सेयरमा फारम भर्नु पर्नेछ ।

पहिलो चरण

पहिलो चरणमा दुवै साञ्जेन र रसुवागढी आयोजनाको आइपीओ फागुन ११ देखि फागुन ३० सम्म कर्मचारी संचय कोषमा रकम जम्मा गर्ने संचयकर्ताका लागि निष्काशन हुनेछ। 

दोस्रो चरण

दोस्रो चरणमा दुवै साञ्जेन र रसुवागढी आयोजनाको आइपीओ चैत ५ देखि चैत १३ सम्म ऋण दाता संस्था नेपाल बिद्युत प्राधिकरण, चिलिमे जल बिद्युत प्राधिकरण र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारी तथा ऋणदाता संस्था (कर्मचारी संचय कोष) का कर्मचारीलाई निष्काशन हुनेछ।    पहिलो र दोस्रो चरणमा पूरा शेयर विक्री नभएमा त्यसलाई पनि गाभेर तेस्रो चरणमा सर्वसाधारणलाई आइपीओ जारि हुनेछ। 

सञ्चय कोषको सञ्चयकर्ताका रूपमा शेयर परेका व्यक्तिले कर्मचारी वा स्थानीय बासिन्दाका रूपमा शेयर आवेदन दिन नपाइने बिक्रि प्रबन्धकले जनाएका छन। 

हालसम्म रसुवागढीको करीब ६० प्रतिशत, साञ्जेनको ५८ प्रतिशत र माथिल्लो साञ्जेनको ६८ प्रतिशत कम सकिएको सम्बन्धित कम्पनीका आयोजना प्रमुखहरूको भनाई छ। 

रसुवागढीले २०७६ पुस १५ देखि विद्युत् उत्पादन शुरू गर्ने कम्पनीले जनाएको छ। त्यसैगरी साञ्जेनले २०१९ को जुलाई र माथिल्लो साञ्जेनले २०१९ को अप्रिलदेखि विद्युत् उत्पादन गर्ने जनाइएको छ। दुवै परियोजनाको प्रति मेवा लागत १५ करोड ननाघ्ने बिद्युत प्राधिकरणको भनाई छ। दुवै सान्जेन र रसुवागढी आयोजना आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीद्वारा अघि बढाइएका हुन।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved