साताको नेप्से: १०.७५ प्रतिशतले बढ्यो कारोबार रकम, २६.९२ अंकले घट्यो सूचक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 23, 2018 | 12:18:26 PM मा प्रकाशित

laxmi  sunrise bank

यस साता नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १८६०४ कारोबारबाट एक अर्ब ७० करोड ७० लाख ६८ हजार रुपैयाँ बराबरका ४२ लाख ४८ हजार सात सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १०.७५ प्रतिशत बढी हो । गत साता १७९ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १६६३८ कारोबारबाट एक अर्ब ५४ करोड १४ लाख २५ हजार रुपैयाँ बराबरका ३७ लाख ९२ हजार चार सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २६.९२ अंकले घटेर अन्तिम दिन १३८६.९८ अंकमा पुगेको छ । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५.९१ अंकले 

घटेर २९३.२५ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (११ करोड २० लाख ६० हजार रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (तीन लाख ६४ हजार कित्ता) को आधारमा पनि सेन्चुरी कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (११२१ वटा) को आधारमा पनि सेन्चुरी कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved