तपाईको खाता भएको बैंक सि-आस्वामा आबद्ध छ कि छैन ? यसरी थाहा पाउनुहोस

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 24, 2018 | 05:18:06 PM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्रको सार्वजनिक निष्काशन प्रक्रियालाई व्यवस्थित र चुस्त पार्न फागुन ११ देखि पूर्णरुपमा कार्यन्वयनमा ल्याइएको सि आस्वा प्रणालीमा आबद्ध बैंक वित्तीय सस्न्था तथा लगानीकर्ताको संख्या उत्साहजनक रहेको छ। 

सिडिएस एण्ड क्लियरिङका अनुसार यस प्रणालीमा हालसम्म जम्मा ६१ वटा बैंक वित्तीय संस्था आबद्ध भएका छन। सार्वजनिक निष्काशनको शेयरमा आबेदन भर्न अब तपाईसंग पनि सी–आस्वा रजिष्ट्रेसन (सीआरएन) नम्बर हुनुपर्नेछ। तत्काललाई यस प्रणालीमा आबद्ध ६१ वटा बैंक बित्तिय संस्थाबाट लिईएको सीआरएन नम्बर भएमा मात्र सार्वजनिक निष्काशनका शेयरमा आबेदन दिन पाइन्छ। 

यदि अहिलेसम्म पनि सीआरएन नम्बर लिनुभएको छैन भने सर्वप्रथम तपाइँको खाता भएको बैक वित्तीय संस्था यस प्रणालीमा आबद्ध भए नभएको यकिन गर्नुहोस। यदि तपाईको खाता भएको बैक वित्तीय संस्था यस प्रणालीमा आबद्ध छ भने तपाई बैंकमा गएर सि आस्वा रजिष्ट्रेशन फर्म भर्नुपर्ने हुन्छ र तपाईले सीआरएन नम्बर प्राप्त गर्नुहुनेछ। त्यसपछि यो नम्बर राखेर सेयरमा गरीएक आवेदन मात्र बैध हुन्छ। 

यदि तपाईलाई अनलाइन सिस्टममा अभ्यस्त हुनुहुन्न भने सार्वजनिक निष्काशनको शेयर भर्न बैंक गएर बिगतमा आस्वा मार्फत आबेदन दिए जस्तै फर्म भरि आबेदन दिन पाउनुहुनेछ।  तर याद राख्नुहोस अब आबेदन दिंदा फर्ममा सीआरएन नम्बर उपलब्ध गराउनुपर्ने हुन्छ। 

यदि तपाई इन्टरनेटको प्रयोग गरि अनलाइन मार्फत आबेदन दिन चाहनुहुन्छ भने तपाईले मेरो शेयर सफ्टवेयर मार्फत आबेदन दिन सक्नुहुनेछ। यसका लागि जुन बैक वित्तीय संस्थाबाट सीआरएन नम्बर लिएको हो त्यहींबाट आफ्नो खाता भेरिफाइ गराई ५० रुपैयाँ शुल्क (बार्षिक) तिरेर युजर नेम र पासवर्ड पाउनुहुनेछ। र अनलाइन मार्फत नै आबेदन दिन पाउनुहुनेछ।            

हालसम्म १ लाख ३९ हजार ५ सय २ जना लगानीकर्ताले सि–आस्वाका लागि सिआरएन नम्बर प्राप्त गरिसकेका छन। यस प्रणालीमा हालसम्म २९ वटा कम्पनीका लागि ७२ हजार ९६८ जना आवेदकबाट २ लाख ९७ हजार ६६ वटा आबेदनहरु प्राप्त भैसकेका छन्। 

यस मध्ये ३० हजार ७५० वटा आबेदन इन्टरनेटको प्रयोग गरि 'मेरो शेयर' सफ्टवेयर मार्फत प्राप्त भएको छ। हाल सम्म 'मेरो शेयर' सफ्टवेयरमा १ लाख ४७ हजार ८१० जना प्रयोगकर्ता छन।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved