अनलाइन कारोबारको अभ्यासको नाममा निजि कम्पनिको प्रवर्द्धन किन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 24, 2018 | 05:49:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले सेयर दलालहरुलाई सुधारिएको ब्रोकर ब्याक अफिसको प्रयोग गरि अनलाइन कारोबारको अभ्यास गराउन निर्देशनात्मक  आग्रह गरेको छ। यस प्रणालीको प्रयोगले लगानीकर्ता अनलाइन कारोबारमा अभ्यस्त हुने बोर्डको दाबि छ। 

बोर्डले सेयर दलाल, लगानीकर्ता संघका अधिकारीहरुलाई जावलाखेल स्थित आफ्नै कार्यालयमा डाकेर एक निजि कम्पनिले निर्माण गरेको ब्रोकर ब्याक अफिसबारे जानकारी गराएको हो। 

सुधारिएको ब्रोकर ब्याक अफिसको प्रयोगले नेप्सेले ल्याउन लागेको पूर्ण अनलाइन कारोबार प्रणालीलाई सहयोग पुग्ने बोर्डले कार्यक्रममा जानकारी दिएको छ। तर नेप्सेले वाईको मार्फत निर्माण गराएको प्रणालीको प्रवर्द्धन तथा परिक्षण गर्नुको साट्टो सोर्स कोर्ड नामक निजि कम्पनिले निर्माण गरेको ब्रोकर ब्याक अफिसको प्रयोग गर्न बोर्ड अघि सर्नुले बोर्डको नियतमा शंका उब्जिएको छ। 

अनलाइन कारोबार गर्न लगानिकर्तालाई अभ्यस्त बनाउन यो प्रणाली ल्याइएको भनिएपनि नेप्सेले तयार गरेको ब्रोकर ब्याक अफिसलाई धितोपत्र बोर्डले 'माइनस' गर्नु चाँसोको बिषय बनेको छ। 

एउटा निजि कम्पनिको उत्पादनलाई प्राथमिकता दिएर आधिकारिक रुपमा नै त्यसको मार्केटिङ गर्नु कति सोभनीय हुन्छ यो धितोपत्र बोर्डले नै बुझ्नुपर्ने बिषय हो। तर नेप्सेले ल्याउन लागेको पूर्ण अनलाइन कारोबार प्रणालीको एउटा उप प्रणाली (ब्रोकर ब्याक अफिस) लाई बाइपास गरि बोर्डले अरु नै निजि कम्पनिले निर्माण गरेको प्रणालीको प्रयोग गर्न निर्देशानात्मक आग्रह दिनुलाई नेप्से र ब्रोडबीच 'टकराब' जारि छ भन्ने संदेश दिएको छ। 

सोर्स कोर्ड नामक कम्पनिले निर्माण गरेको ब्रोकर ब्याक अफिसको प्रयोगले अनलाइन कारोबारलाई सहयोग पुग्ने दाबि गरीएपनि यथार्थमा त्यस्तो नभएको सेयर दलालहरुको भनाई छ। 

यसलाई केहिले सेमी अनलाइनको नाम दिएकोमा समेत सेयर दलालहरुको आपत्ति छ। अहिले संचालनमा रहेको ब्रोकर ब्याक अफिसबाट पनि कारोबारको आदेश दिंदा इमेल र मेसेज मार्फत दिन सकिने अवस्था छ। त्यसलाई थोरै सुधार गरि ल्याइएको प्रणालीलाई 'सेमी अनलाइन' को नाम दिनै नहुने एक सेयर दलालको भनाई छ।

उनका अनुसार अहिले इमेल र मेसेज मार्फत पनि कारोबार आदेशको माग हुन्छ। शुक्रबार बोर्डले परिचय गराएको 'सुधारिएको ब्रोकर ब्याक  अफिस' मा इन्टरनेट मार्फत कारोबार आदेश दिन सकिने प्रणाली मात्र थप गरिएको छ। लगानीकर्ताले आफुले कारोबार गर्दै आएको सेयर दलालबाट युजर नेम र पासवर्ड लिएर अनलाइन मार्फत कारोबारको आदेश दिन सक्नेछन। यो प्रणालीको सुधार हो सेमी अनलाइन वा नेप्सेको पूर्ण अनलाइनलाई सहयोग पुग्ने सिस्टम होइन। 

अर्कोतर्फ, ब्रोकर ब्याक अफिस कस्तो हुनुपर्छ भनेर नेप्सेले मापदण्ड नै तयार गरिसकेको छ। अनलाइन ट्रेडिङ प्रणालीको निर्माणको जिम्मा पाएको वाईकोले त्यहि मापदण्ड अनुसार नै ब्रोकर ब्याक अफिस निर्माण गरिसकेको छ। वाईकोले उक्त प्रणाली नेप्सेलाई उपलब्ध गराउनेछ र भविष्यमा सेयर दलालहरुले त्यहि ब्रोकर ब्याक अफिस राखेर इन्टरनेट प्रयोग गरि अनलाइन कारोबार गरानुपर्नेछ। 

तर नेप्सेको ब्रोकर ब्याक अफिसलाई 'बाइपास' गरि कुनै निजि लगानीको कम्पनिको प्रणालीलाई प्राथमिकता दिनुलाई कतै अनलाइन कारोबार ल्याउन ढिलाई गर्न खोजिएको हो कि भन्ने आशंका जन्मिएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved