दोहोरो अंकले नेप्से घट्दा यी हुन सर्बाधिक कमाउने र गुमाउने कम्पनी, २९ करोडको कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 25, 2018 | 01:15:50 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिल दिन आज आइतबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १२.२५ अंकले घटेर १३७४.७३ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १४६ कम्पनीका ५ लाख २८ हजार ६ सय ४० कित्ता शेयर खरिद बिक्रिबाट २९ करोड १८ लाख १७ हजार १ सय ८ रुपियाँको कारोबार भएको छ ।

आज राष्ट्रिय बिमा कम्पनी लिमिटेडको शेयर सबै भन्दा धेरै कारोबार भएको छ । कम्पनीको संस्थापक र साधारण गरी ८ करोड ९१ लाख बराबरको  शेयर कारोबार भएको हो ।  कम्पनीले १२० प्रतिशत बोनस प्रस्ताव गरेपछि कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको हो ।

अन्य बढी कारोबार हुनेमा नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टड बैंक लगायत रहेका छन् ।

आज सिनर्जी पावरका लगानीकर्ताले सर्बाधिक २ प्रतिशत तथा स्वदेशी लघुवित्तका लगानीकर्ताले १.९३ प्रतिशत कमाएका छन् । आज काबेली विकास बैंकको शेयर मूल्य १.८८ प्रतिशत र ओरियन्टल होटेल्सको शेयर मूल्य १.८५ प्रतिशतले बढेको छ ।

आज सुर्य लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्बाधिक ४.०६ प्रतिशत तथा तारागाउँ होटेलका लगानीकर्ताले ३.९२ प्रतिशत गुमाएका छन् । त्यस्तै आज सेन्चुरी बैंकको शेयर मूल्य ३.६२ प्रतिशत तथा अरुण भ्याली हाइड्रोको शेयर मूल्य ३.५७ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका होटेल बाहेकका सबै समुहगत सूचक घटेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved