नेपाल लाईफले घोषणा गर्यो आर्कषक लाभांश, बोनस वितरण पछि चुक्ता पुंजी कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 26, 2018 | 09:19:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक बर्षको कमाईबाट दिने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको फागुन १३ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट ४२ प्रतिशत बोनस सेयर र २८.५३ नगद लाभांस (कर रकम सहित) गरि ७०।५३ प्रतिशत लाभांश घोषणा गरेको नेप्से मार्फत जनाइएको छ। 

उक्त लाभांश बिमा समिति तथा इन्स्योरेन्सको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनिहरुमा लाभांश वितरण हुनेछ। बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पुंजी ३ अर्ब ९ करोडबाट ३ अर्ब ३९ करोड पुग्नेछ। 

कम्पनिले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २७ करोड ९६ लाख खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा इन्स्योरेन्सको प्रति सेयर आम्दानि १८.०६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २७२.९३ रुपैयाँ छ।   

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved