नेप्सेमा उन्नति माइक्रोफाइनान्सको साढे ५ लाख कित्ता शेयर सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 26, 2018 | 12:57:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा आज सोमबार उन्नति माइक्रोफाइनान्सको शेयर सुचिकृत भएको छ । आज कम्पनीको ५ लाख ५० हजार कित्ता शेयर सुचिकृत भएको हो ।  

शेयर सुचिकृत भएसंगै लगानीकर्ताले आगामी सातादेखि बजारमा ति शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

 माइक्रोफाइनान्सले पुष २१ देखि पुस २५ सम्म १ करोड ६५ लाख बराबरको १ लाख ६५ हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । जसमा ४ प्रतिशत अर्थात् ६६०० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ८२५० कित्ता सामुहिक लगानी कोषलाई र बाँकि १ लाख ५० हजार १ सय ५० कित्ता सर्बसाधारणलाई छुट्टयाइएको थियो। 

हाल माइक्रोफाइनान्सको चुक्ता पुंजी ३ करोड ८५ लाख रहेकोमा आईपिओ निष्काशनपछि चुक्ता पुंजी ५ करोड नाघेको छ । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४५ लाख ११ हजार खुद मुनाफा गरेको छ। रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको यस माइक्रोफाइनान्सले १० जिल्लामा सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved