युवराज खतिवडासंग किन झस्किए लगानीकर्ता ? दोहोरो अंकले घटेको बजारमा ५५ करोडको कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 26, 2018 | 01:46:28 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार पनि बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ  । आज नेप्से सूचक १५.७८ अंकले घटेर १३५८.९५ को बिन्दुमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १ सय ५१ कम्पनीका १४ लाख ३८ हजार ८ सय ८६ कित्ता शेयर खरिद बिक्रिबाट ५५ करोड २४ लाख २० हजार २ सय ७० रुपियाँको कारोबार भएको छ  ।

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन्  ।

आज  नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै १० करोड ५६ लाख बराबरको कारोबार भएको छ  । आकर्षक लाभांश घोषणा गरेकाले लगानीकर्ताको नेपाल लाइफ तर्फ तानिएका हुन्  । अन्य बढी कारोबार हुनेमा प्रभु बैंक, एनसीसी बैंक संस्थापक शेयर, राष्ट्रिय बिमा कम्पनी लगायत रहेका छन् ।

आज वल्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सका लगानीकर्ताले सर्बाधिक ४.२४ प्रतिशत र सुर्योदय लघुवित्तका लगानीकर्ताले १.९७ कमाएका छन् । त्यस्तै अपि पावरको शेयर मूल्य १.८८ प्रतिशत र बेस्ट फाइनान्स कम्पनीको शेयर मूल्य १.६५ प्रतिशतले बढेको छ ।

आज राष्ट्रिय बिमा कम्पनीको संस्थापक शेयर मूल्य सर्बाधिक ८.६३ प्रतिशत र स्वरोजगार लघुवित्तको शेयर मूल्य ७.५० प्रतिशतले घटेको छ । त्यस्तै आज राष्ट्रिय बिमा कम्पनीको शेयर मूल्य ५.५० प्रतिशत तथा सिनर्जी पावरको शेयर मूल्य ५.२२ प्रतिशतले घटेको छ । 

आज कारोबारको अन्तिम समयमा नेप्से थप घटेको छ  । डा युवराज खतिवडा अर्थ मन्त्री बन्ने निश्चित भएको समाचार बाहिरिएसंगै नेप्से थप घटेको आकलन गरिएको छ  ।  खतिवडा सेयर बजारप्रति कम उदार मानिने गरेका छन् । यहि कारण लगानीकर्ता झस्किएको हुन् सक्छ   । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved