आरम्भ माइक्रोफाइनान्सको आइपीओ बिक्रि खुल्यो, आबेदन भर्न यी तिन कुरा अनिवार्य

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 27, 2018 | 06:52:33 AM मा प्रकाशित

laxmi  sunrise bank

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण शेयर आज देखि (फागुन १५) बिक्रि खुला भएको छ। कम्पनीले २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आइपिओ बिक्रि खुला गरेको हो। 

इच्छुक लगानीकर्ताले आज देखि छिटोमा फागुन २१ गते र ढिलोमा फागुन २९ गतेसम्म आईपिओको लागि आवेदन दिन सक्ने छन् । आइपीओ निष्काशनका लागि बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।  लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १०००  कित्ताको लागि आवेदन दिन सक्ने छन।

२ लाख ९४ हजार कित्ता मध्ये ३ प्रतिशत अर्थात ८ हजार ८२० कित्ता कम्पनीका कर्मचारीको लागि र ५ प्रतिशत अर्थात १४ हजार ७०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। यस अर्थमा सर्वसाधारणका लागि मात्र २ लाख ७० हजार ४८० कित्ता मात्र बिक्रि खुला गरिएको हो। 

सम्पुर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आरम्भ माइक्रोफाइनान्सको आइपीओमा आबेदन भर्न पाइनेछ। आबेदन दिन लगानीकर्तासंग तिन कुरा अनिवार्य रुपमा साथमा हुनुपर्नेछ। लगानीकर्तासंग हितग्राही खाता, सिआरएन नम्बर र आबेदन भर्न चाहेको कित्ता बराबरको पर्याप्त रकम आफ्नो बैंक खातामा हुनुपर्नेछ। साथै 'मेरो शेयर' सुविधा लिएका लगानीकर्ताले अनलाइन मार्फत नै आबेदन दिन सक्नेछन। 

सर्वसाधारणमा आइपीओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी ३ करोड ६ लाखबाट ६ करोड पुग्नेछ। कम्पनिले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ६ लाख १९ हजार खुद मुनाफा आर्जन गरेको छ।      

माइक्रोफाइनान्सले सर्वसाधारणमा आइपीओ निष्काशन गर्ने बिशेष प्रस्ताब कात्तिक १८ मा भएको तेस्रो बार्षिक साधारणसभाबाट पारित गरेको थियो । काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्सले नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त गरी १५ पहाडी जिल्लामा लघुवित्त  सेवा प्रदान गर्दै आएको छ।

नियमन निकाय नेपाल धितोपत्रबोर्डले सबैलाई दश कित्ता सेयरको नीति अख्तियार गरेकाले २७ हजार ४८ भन्दा बढी आबेदन परेको अवस्थामा गोलाप्रथाबाट सबैलाई १० कित्ता वितरण हुनेछ। माइक्रोफाइनान्सको आइपीओमा २७ हजार भन्दा बढीको आबेदन पर्ने निश्चित जस्तै भएकाले ५० कित्ता अर्थात ५ हजारसम्मको आबेदन दिनु नै उचित हुनेछ।  






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved