बिपीसीको एफपीओ बिक्रिमा सकस किन ? यस्तो छ कम्पनिका वित्त बिभाग उपप्रमुख श्रेष्ठको विश्लेषण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 27, 2018 | 08:37:03 AM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावरले कम्पनी लिमिटेडले गत माघ १५ गतेदेखि निष्कासन गरेको नयाँ साधारण सेयर (एफपीओ) मा १ अर्ब ५० करोडको आबेदन परेको छ।   कम्पनिको एफपीओ निष्काशन आज मंगलबार (फागुन १५ गते) बैंकिङ समयपछि सकिदैछ। कम्पनिले ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपिओ बिक्रि खुला गरेकोमा अझै झन्डै ५४ करोड रुपैयाँ बराबरको एफपीओ बिक्रि हुन बाँकी छ। 

अन्य दिनको तुलनामा अन्तिम दिन बढी आबेदन पर्ने अपेक्षा गरिएपनि पुरै एफपीओ बिक्रि हुने सम्भावना न्यून रहेको छ। त्यसैले अब बिक्रि हुन बाँकी रहेको एफपीओमा पहिलो प्राथमिकता संस्थापक सेयरधनीले पाउनेछन। उनीहरुबाट पनि आबेदन नआए धितोपत्र प्रत्याभूति गर्ने (अण्डरराइटर) ले खरिद गर्नेछन। 

कम्पनिको विवरण पत्रमा एनएमबि, लक्ष्मी, एनआईबिएल, ग्लोबल आइएमई र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग बिपिसीको एफपीओ प्रत्याभूति गर्ने उल्लेख छ। अर्थात बिक्रि हुन बाँकी रहेको एफपीओ संस्थापक शेयरधनीबाट पनि खरिद भएन भने यी ५ क्यापिटलले खरिद गर्नुपर्ने हुन्छ। 

अन्तिम दिनसम्म बिक्रि नभएका एफपीओ धितोपत्र प्रत्याभूति गर्ने संस्थाहरुले किन्ने निश्चित भईसकेको बीपीसीका वित्त विभागका भाइसप्रेसिडेन्ट राधेश्याम श्रेष्ठले बिजपाटिलाई बताए। 

एफपीओ बिक्रिमा सकस किन ?

बिपिसीको एफपीओमा न्युनतम १० कित्ता अर्थात ५ हजार १ सय रुपैयाँ बराबरको र अधिकतम २० हजार ४०० अर्थात १ करोड २ लाख २० हजार ४०० रुपैयाँको आबेदन दिन पाउने व्यवस्था भएपनि धेरै लगानीकर्ताले कम पर्ने आशंकामा १०-२० कित्ताका लागि मात्र आबेदन दिएकाले एफपीओमा कम आबेदन परेको बीपीसीका बित्त बिभाग भाइसप्रेसिडेन्ट श्रेष्ठको भनाई छ। 

धितोपत्र बोर्डको सबैलाई १० कित्ता शेयरको नीतिले एफपीओ बढी प्रभावित भएको कम्पनीको विश्लेषण छ। 'लोटरीबाट नै बाँडफाँड हुने अपेक्षाले धेरैले १०-२० कित्ता माग गरे, पछि ति लगानीकर्ताले दोहोर्याएर आबेदन दिन पाएनन, त्यसैले पनि एफपीओमा कम आबेदन पर्यो' श्रेष्ठ भन्छन, 'अर्को तिर संस्थापक शेयरधनिहरुलाई आबेदन दिने संख्याको सिलिंग तोकिएको छ, अधिकतम २० हजार ४०० कित्ता एफपीओ भर्न पाउने भनिएको छ, त्यसले पनि एफपीओ मा भनेजति आबेदन नपरेको हो।'

कम्पनिको वित्तीय अवस्था राम्रो हुँदाहुँदै पनि कम्पनिको एफपीओ बारे धेरै 'मिडियाबाजी' भएकाले पनि एफपीओमा कम आबेदन परेको श्रेष्ठले बताए। एफपीओ निष्काशनको समय नै प्रतिकुल भएको हाम्रो विश्लेषण छ। 'तरलता अभाब, शेयरबजारको घट्दो ट्रेन्ड, महँगो ब्याजदर जस्ता प्रतिकुल परिस्तिथिमा एफपीओ निष्काशन हुँदा अपेक्षा गरेअनुसारको आबेदन नपरेको हाम्रो विश्लेषण छ।' श्रेष्ठले बताए।  

कतिमा किन्छन ?

बिपिसीको एफपीओ प्रतिकित्ता १०० रुपैया अंकित मुल्यमा ४०१ रुपैयाँ प्रिमियम थपेर ५०१ मा बिक्री खुला गरिएको हो। बुटवल पावरको एफपीओ प्रत्याभूत गर्ने बिक्रि प्रबन्धक एनएमबि क्यापिटल सहित अन्य ४ सहायक बिक्रि प्रबन्धक कम्पनीले पनि प्रति कित्ता ५०१ रुपैयाँमा नै एफपीओ किन्नुपर्ने हुन्छ।

कम्पनिको वित्तीय अवस्था 

कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ३५७ प्रतिशतले बढाएर ५९ करोड ५२ लाख खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा कम्पनिले १३ करोड ९ लाख खुद मुनाफा गरेको थियो। कम्पनिले बिद्युत बिक्रिबाट ४० करोड ९८ लाख आम्दानि गरेको छ।   

एफपीओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २१ करोड नाघ्नेछ। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ८१ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ८६ करोड छ।

यस अवधिमा कम्पनिको प्रति शेयर आम्दानि ३३ रुपैयाँ ९ पैसा, प्रति शेयर नेटवर्थ २५८ रुपैयाँ २१ पैसा र मुल्य आम्दानिको अनुपात २१ दशमलब ४८ गुणा रहेको छ। 

त्यस्तै कम्पनीले एफपीओ निष्काशनका लागि इक्रा नेपालबाट ग्रेड ३ पाएको छ। ग्रेड ३ पाउनुले एफपीओ बिक्रिमा रहेको बुटवल पावरको   वित्तीय अवस्था औषत भएको देखाउंछ।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved