एसियन लाइफ इन्स्योरेन्सलेगर्यो लाभांश घोषणा, हेर्नुस कति दिने भयो बोनस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 27, 2018 | 09:11:35 AM मा प्रकाशित

laxmi  sunrise bank

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १४ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट १२ प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पुंजीको १२ प्रतिशतका दरले हुन् आउने ९ करोड ६६ लाख ७१ हजार १ सय ८८ रुपियाँ ८० पैसा बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो। त्यस्तै कम्पनीले बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.६३ प्रतिशतको दरले ५० लाख ८७ हजार ९ सय ५७ रुपियाँ ३१ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीको उक्त प्रस्ताव बिमा समितिले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी साधारणसभा पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

 हाल इन्स्योरेन्सको चुक्ता पुंजी ८० करोड ५५ लाख छ। कम्पनीले यहि फागुन १३ गतेदेखि  १० बराबर ५ कित्ता शेयर अर्थात ५० प्रतिशतका दरले ४० करोड २७ लाख बराबरको ४० लाख २७ हजार कित्ता हकप्रद बिक्रि खुला गरेको छ ।

बोनस र हकप्रदपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ३० करोड  पुग्नेछ । बीमा समितिको निर्देशन अनुसार कम्पनीले ०७५ असारसम्ममा चुक्तापूँजी दुई अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved