नयाँ अर्थमन्त्रीलाई नेप्सेको हरियो झण्डा, ५५ करोडको कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 27, 2018 | 01:35:43 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजारले नयाँ अर्थमन्त्री डा युवारक खतिवडालाई हरियो झन्डाले स्वागत गरेको छ । २ दिन लगातार दोहोरो अंकले घटेको नेप्सेमा आज सुधार आएको हो । आज नेप्से सूचक ५.८६ अंकले बढेर १३६४.८१ को उचाईमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका १५३ कम्पनीका ११ लाख ५१ हजार ९ सय ६५ कित्ता शेयर खरिद बिक्रिबाट ५५ करोड ६८ लाख ६० हजार ३ सय ५७ रुपियाँको कारोबार भएको छ ।

आज विकास बैंक, हाइड्रो, इन्स्योरेन्स र उत्पादन बाहेकका सबै समुहगत सूचक बढेका छन् ।

आज नेपाल लाइफ इन्स्योरेन्सको सर्बाधिक ६ करोड ७१ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स संस्थापक शेयर, प्राइम लाइफ इन्स्योरेन्स संस्थापक शेयर लगायत रहेका छन् ।

आज गुर्खाज फाइनान्सका लगानीकर्ताले सर्बाधिक ५.४७ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, लक्ष्मी लघुवित्त, युनाइटेड मोदी हाइड्रो लगायत रहेका छन् ।

आज कन्चन विकास बैंकका लगानीकर्ता ले सर्बाधिक ९ प्रतिशत गुमाएका छन् ।अन्य बढी गुमाउनेमा प्राइम लाइफ इन्स्योरेन्स संस्थापक शेयर, हाम्रो विकास बैंक,  मेरो माइक्रो फाइनान्स, नयाँ नेपाल लघुवित्त लगायत रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved