नेको इन्स्योरेन्सको हकप्रद भर्नु भयो ?यस्तो छ कम्पनीले जारि गरेको सूचना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 28, 2018 | 07:14:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेको इन्स्योरेन्सले माघ २६ गतेदेखि हकप्रद निष्काशन गरिरहेको छ  ।  इन्स्योरेन्सले  २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो  । कम्पनीले  ३९ लाख २० हजार ९ सय २८ दशमलव ११ कित्ता हकप्रद निष्काशन गरेको हो  ।

हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले माघ ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले माघ ८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  । लगानीकर्ताले चैत्र १ गतेसम्म हकप्रद भर्न सक्ने छन् । लगानीकर्ताले उपत्यका भित्र र बाहिर निम्न स्थानमा आवेदन दिन सक्ने छन् । हकप्रद निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीको असोज १० गते बसेको २२ साधारणसभाले १० प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो ।


हाल कम्पनीको चुक्ता पुंजी  ७१ करोड २८ लाख रहेकोमा ५० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब १७ करोड पुग्ने छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved