प्राइम लाइफ इन्स्योरेन्स र देव विकास बैंकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 28, 2018 | 07:30:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आज फागुन १६ गते प्राइम लाइफ इन्स्योरेन्स र देव विकास बैंकको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स 

प्राइम लाइफ इन्स्योरेन्सले यहि फागुन २७ देखि हकप्रद बिक्रि गर्ने भएको छ। इन्स्योरेन्सले १०० बराबर १६० कित्ता शेयर अर्थात १६० प्रतिशतका दरले फागुन २७ देखि बैशाख २ सम्मका लागि हकप्रद बिक्रि गर्न लागेको हो। 

हकप्रद बिक्रि प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ का लागि बुक क्लोज गर्ने निर्णय गरेका फागुन १६ सम्म कायम शेयरधनिहरुले हकप्रद भर्न पाउनेछन। इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिद्दार्थ क्यापिटल रहेको छ। 

फागुन १६ सम्म कायम इच्छुक शेयरधनिहरुले इन्स्योरेन्सको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल, नक्साल, काठमाडौं र सिद्दार्थ बैंक र प्राइम लाइफ इन्स्योरेन्सका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवा प्रदायक बैंक वित्तीय संस्थाबाट हकप्रद भर्न सक्नेछन। इन्स्योरेन्सले ९७ करोड ६३ लाख रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद बिक्रि गर्न लागेको हो।  

कम्पनीले १६० प्रतिशत हकप्रदले समेत पाउनेगरि गत आर्थिक बर्षक कमाईबाट लाभांश घोषणा गरेको छ। कम्पनीले चुक्ता पुंजी ६१ करोड २ लाखको ३२.५ प्रतिशतका दरले हुन् आउने १९ करोड ८३ लाख १५ हजार बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । १ सय ६० प्रतिशत हकप्रदले समेत प्रस्तावित बोनस पाउने भएकाले कम्पनीको बोनस शेयर दर समायोजन भई १२.५ प्रतिशत कायम हुनेछ।    

१६० प्रतिशत हकप्रद तथा १२.५० प्रतिशत बोनस सेयर बिक्रि तथा वितरण पश्चात प्राइम लाइफको चुक्ता पुंजी ६१ करोडबाट १ अर्ब ७८ करोड पुग्ने छ। इन्स्योरेन्सले बिमा समितिको निर्देशन अनुसार चुक्ता पुंजी २ अर्ब पुर्याउनुपर्नेछ। कम्पनीले चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा ११ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  

इन्स्योरेन्सको गत भदौ २७ मा एकै पटक सम्पन्न सातौँ, आठौं, नवौं र दशौँ बार्षिक साधारणसभाले हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो। नेपाल धितोपत्र बोर्डले माघ २४ गते प्राइम लाइफलाई हकप्रद बिक्रि गर्न स्वीकृति दिएको हो।  

देव विकास बैंक

देब बिकास बैंकले हकप्रद प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ।  ४० प्रतिशत हकप्रद बिक्रि प्रयोजनार्थ फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेको नेप्से मार्फत बैंकले जनाएको छ। 

हकप्रदका लागि फागुन १७ गते बुक क्लोज गर्ने निर्णय भएकाले फागुन १६ सम्म कायम शेयरधनीहरुले मात्र देब विकास बैंकको ४० प्रतिशत हकप्रद भर्न पाउनेछन। 

देबले नेपाल धितोपत्र बोर्डबाट माघ २६ गते मात्र हकप्रद बिक्रि गर्ने स्वीकृती प्राप्त गरेको हो। बैंकले ६५ करोड ३३ लाख रुपैयाँ बराबरको ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। हकप्रद बिक्रिका लागि बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ। 

४० प्रतिशत हकप्रद बिक्रि पश्चात बैंकको चुक्ता पुंजी १ अर्ब ६३ करोडबाट २ अर्ब २८ करोड पुग्नेछ। बैंकले २ अर्ब ५० करोड चुक्ता पुंजी पुर्याउनुपर्नेछ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १४ करोड ६ लाख खुद मुनाफा आर्जन गरेको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved