सिद्दार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, चैत्र ४ गते साधारणसभा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 28, 2018 | 07:43:46 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज फागुन १६ गते अन्तिम दिन रहेको छ  । बैंकले आगामी चैत ४ गते साधारणसभा गर्दै छ  । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आज फागुन १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्  ।

 सिद्दार्थ बैंकले लगानीकर्तालाई गत आर्थिक बर्षको मुनाफा बाट १४ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो ।  

बैंकको हाल चुक्ता पुंजी ६ अर्ब ८२ करोड रहेकोमा प्रस्तावित बोनस बितरण पछि बैंकको चुक्ता पुंजी ७ अर्ब ७८ करोड पुग्ने छ। प्रस्तावित १४ प्रतिशत बोनस शेयर र  १० प्रतिशत  हकप्रद शेयर समेतबाट बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड पुग्नेछ। बैंकले फागुन २ गतेदेखि हकप्रद बिक्रि गरिरहेको छ । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ७७ करोड २८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved