लुम्बिनी विकास बैंकको हकप्रद भर्ने म्याद थप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 28, 2018 | 08:52:50 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंकले पनि हकप्रद भर्ने म्याद थप गरेको छ । बैंकले माघ ११ गतेदेखि  `१०:१ को अनुपातमा १० प्रतिशत हकप्रद निष्काशन गरेको थियो ।

  बैंकले २० करोड ८ लाख बराबरको २० लाख ८ हजार ८ सय ७८ दशमलव २७ कित्ता हकप्रद निष्काशन गरेको हो । बैंकले हकप्रद भर्ना फागुन १६ गते सम्मको मिति तय गरेकोमा एक हप्ता थप गरी फागुन २३ गते सम्म हकप्रद भर्न सकिने जनाएको छ  ।

हकप्रद निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।हकप्रद निष्काशन प्रयोजनार्थ बैंकले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २० गते सम्म कायम शेयर धनीले मात्र हकप्रद भर्न सक्ने छन् । 

लगानीकर्ताले प्रभु क्यापिटलको कार्यालय कमलादी, भिबोर क्यापिटलको कार्यालय कृष्ण गल्ली ललितपुर, लुम्बिनी विकास बैंकका शाखाहरु र सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन सक्ने छन् । 

हाल बैंकको चुक्ता पुंजी २ अर्ब १ करोड रहेकोमा १० प्रतिशत हकप्रद निष्काशनपछि बैंक को चुक्ता पुंजी २ अर्ब २१ करोड पुग्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved